नेपालको राजनितिको पछिल्लो घटनाक्रमबारे कार्यकर्तालाई प्रशिक्षण
१९६ औं भानु जयन्तीको अवसर पारेर यूएइमा र्सवदा वाङ्मय प्रतिष्ठान् यूएइले साहित्यीक सम्मेलन गरी भानुजयन्ती मनाउने भएको छ ।
यहि जुन २५ तारिक विहिवारका दिन नेपाली जन प्रगतिशिल मञ्च यूएई सोनापुर इलाका कमिटीद्धारा सो कमिटी अन्तरगतका कार्यकर्ताहरुको लागी प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ ।
१९६औं भानु जयन्ति यूएइमा मनाइने
भारत विस्तारवादको विरोध गर्दै छ यूएइ नेपाली समाज
आदिकवि भानुभक्त आचार्यको १९६ औं जन्मजयन्तिको अवसर पारेर यहि जुलाई १७ तारिक २००९ का दुवइमा अन्तराष्ट्रिय नेपाली साहित्यी समाजले एक साहित्यिक तथा साँस्कृतिक कार्यक्रम गरि भानु जयन्ति मनाउने जानकारी प्राप्त भएको छ।
भारतीय हस्तक्षेपकारी नीतिको विरोध गर्दै सीमासम्बन्धी समस्यालाई लिएर नेपाली एकता समाज यूएइले एक प्रेस विज्ञप्ती जारी गरेको छ ।
अलऐनमा जनप्रगतिशिल मञ्चको प्रथम सम्मेलन
मानबहादुर थापाको अध्यक्षतामा यूएइ नेपाली एकता समाज
नेपाली जनप्रगतिशिल मञ्च यूएई अलऐन क्षेत्रिय समितिको प्रथम क्षेत्रिय सम्मेलन जेष्ठ २८ गते तदनुसार ११ जुन २००९ का दिन मञ्चका केन्द्रिय अध्यक्ष दुर्गादत्त पोखरेलको प्रमुख आतिथ्यमा सम्पन्न भएकोछ ।
यूएइ नेपाली एकता समाज केन्द्रिय समितिको दोश्रो सम्मेलन पछिको पहिलो राष्ट्रिय भेला जुन १२ गते शुक्रबार बरदुबइको एभरेष्ठ इन्टरनेशनल होटलमा सम्पन्न भएको छ ।
संविधानसभाको बैठक सम्पन्न, ९२ वटा राष्ट्र भाषा वा भाषिकालाई सूचिकृत गर्नुपर्ने
गोरखा प्रवासी संघ कतारको अध्यक्षमा श्रीकृष्ण भट्टराइ निर्विरोध
संविधानसभा बैठकमा सांस्कृतिक, सामाजिक ऐक्यबद्धताको आधार निर्धारण समितिको आधारपत्र सहितको प्रारम्भिक मस्यौदा सम्बन्धी प्रतिवेदनमाथि छलफल शुरु भएको छ ।
२६ जुनमा दोहा स्थित ढाका रेष्टुराँमा गोरखा प्रवासी संघ कतारको पाँचौ साधारण सभासम्पन्न भएको छ ।
रासायनिक मलको भाँउ बृद्धि, तस्करहरु नक्कली मल भित्राउन क्रियाशिल
नेपाल फेस्टिवल (मेला) २००९ वेल्जियममा सम्पन्न
रासायनिक मलको भाउ बढेपछि बांकेमा भारतीय बजारबाट गुणस्तरहीन मल भित्रयाउने क्रम त्रि्र बनेको छ । 'डि.ए.पी' र 'युरिया' मलको भाउ प्रतिकिलो ७० रुपैंया कायम गरिएपछि तस्करले भारतीय बजारबाट सस्तो मूल्यमा मल भित्र्याउन थालेका हुन् ।
यहि २८ जुन २००९ शनिवारका दिन वेल्जियममा नेपाल फेस्टिवल (मेला) २००९ सम्पन्न भएको छ । ब्रसेल्स स्थित सिन्ट क्याथरीन पार्कमा सम्पन्न उक्त फेस्टिवल वेल्जियम स्थित नेपाली दूतावासको अग्रसरतामा वेल्जियममा स्थित विभिन्न १४ वटा नेपाली संघसस्थाले संयूक्त सहयोग पु-याएका थिए ।
सरकारले अन्मिनको म्याद थप्ने
यमनमा पनि एनआरएन गठन
१० असार २०६६ मा बसेको मन्त्रिपरिषदको बैठकले अन्मिनको म्याद थप गर्ने निर्णय गरेको छ ।
गैर आवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद (एनआरएनए-आइसीसी) अन्तर्गत ५० औं राष्ट्रिय समन्वय परिषद -एनसीसी) बन्न पुगेको छ यमन गणत्रन्त्र । शुरेश भण्डारीको अध्यक्षतामा १९ जुन २००९ कादिन एनआरएनए-एनसीसी यमन गठन भएको छ ।
मधेसी राष्ट्रमुक्ति मोर्चाका अध्यक्ष ..................... अज्ञात समूहले अपहरण
बहराइनमा साहित्यको खोजी, कविता प्रतियोगिता सम्पन्न
एकीकृत नेकपा माओवादीको भ्रातृ सङ्गठन मधेसी राष्ट्रमुक्ति मोर्चाका अध्यक्ष कृष्णदेव सिंह दनुवारका १२ वर्षीय छोरा राजेशकुमार सिंहलाई अज्ञात समूहले अपहरण गरेको छ ।
नेपाली क्लब बहराइनको सभा हलमा यहि २६ जुन २००९ का दिन एक कविता प्रतियोगिता मञ्चका अध्यक्ष श्री दीपक बस्यालको सभापतित्वमा सम्पन्न गरेको छ ।
त्रिविविले शैक्षिक शुल्क बढाउने
क. पासाङ्ग र क.बलदेव जमर्नी हुँदै बेल्जियममा
त्रिभुवन विश्वविद्यालयका शिक्षाध्यक्ष सूर्यलाल अमात्यले वैज्ञानिक शैक्षिक शुल्क निर्धारण गर्न विज्ञसहितको समितिले अध्ययन गरिरहेको बताउनुभयो ।
एकीकृत नेकपा माओबादीका सचिवालय सदस्य तथा जनमुक्ती सेना नेपलका अध्यक्ष क. पासाङ्ग र एकीकृत नेकपा माओबादीका पोटिब्यूरो सदस्य तथा जनमुक्ती सेना नेपलका डीपुटी कमाण्डर क.बलदेब जर्मनिको एक हप्ताको कार्यक्रममा भाग लिई बेल्जियम आई पुग्नु भएको छ ।