कोरियाको जेजुमा एक नेपालीको झुण्डिएर मृत्यु

सोल

कोरियामा फेरी एक नेपाली युवाले झुण्डिएर ज्यान गुमाएका छन् । इपिएसबाट कोरिया आएको २ महिना पनि नपुगेका स्या०जा वालिइ०का रामचन्द्र पंगेनी बुधबार विहान भुण्डिएको अवस्थामा फेला परेका हुन् । उनी जेजु टामुमा घोढा तलबलामा काम गर्दै आएका थिए ।

मृतक पंगेनी मे २३ तारिख कोरिया आएका थिए । जेजु नेपाली कमिटीका अध्यक्ष सुभद्रा लिम्बुका अनुसार पंगेनी करिब दुई हप्तादेखि नेपालमा रहेको प्रमिकाले अर्कै संग विवाह गरेपछि तनाबमा रहेका थिए रे । संगै काम गर्ने साथीका अनुसार प्रमिकाको विवाह हुने अघिल्लो रातभर उनी रोएका थिए । अन्दाजी २६ वार्षिय पंगेनीले कागजमा सायरी लेख्दै विछोडको पीडा पोख्ने गरेका थिए ।

नेपाल परिवारमा उनको निधन बारे खबर भइसकेको छ । कोरियामा काम गर्न आएका नेपाली युवाहरुले विभिन्न समयमा आत्मा हत्या गर्दै आएका छन् ।

sorce:- http://www.fonijkorea.net

Sharing is caring!

Add a Comment

Your email address will not be published. Required fields are marked *