गोर्खाल्याण्डलाइ लिएर माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)का पुत्र प्रकाशको कडा टिप्पणी

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)का पुत्र प्रकाशले गोरखाल्यान्ड आन्दोलनका विषयमा कडा टिप्पणी गरेका छन् । उनी फेसबुकमा आक्रामक ढंगले प्रस्तुत भएका छन् ।

प्रकाशको फेसकुबाट जस्ताको तस्तै

गोर्खा कसरी रहन गयो हामीलाई राम्रोसंग थाहा छ । त्यसकारण हाम्रो प्रिय जिल्ला गोर्खाको दुरुपयोग नगर । नेपाल र नेपालीलाई गाली नगर तिमीहरुको पूर्खा कहांबाट गएको त्यो दार्ज्लिंग टिष्टा कांगडा देहरादुन पहिला कहां थियो त्यो पनि हामीलाई राम्रोसंग थाहा छ । यो भारतको आन्तरिक मामला हो । हाम्रो देश हामी नेपालीलाई गाली गर्ने तिमीहरुको कुनै हैशियत र औकात छैन । बस हामीलाई तिमी हाम्रो पूर्खा हो दार्ज्लिंग नेपालमा हूंदा तिमीहरु त्यहां छुटेका हाम्रो वंशज हौ भनेर माया गरेको मात्र हो ।

अहिले दार्ज्लिंग भारतमा पर्छ भनेर आफ्नो पूर्खा र वंशजलाई गाली गर्ने तिम्रो कुनै अधिकारपनि छैन र औचित्य पनि छैन । हामी नेपाली धेरै महान छौं यो कुरा तिमी गोर्खा भनेर सम्मान गर्नेलाई के थाहा । गर्व यति गर गोर्खा नेपालको गोर्खा जिल्लाबाट गोर्खा गोर्खा भनेर तिमीहरु उफ्रन पाएका छौं ।

Source: Zooomnp

Sharing is caring!

Tags:

Add a Comment

Your email address will not be published. Required fields are marked *