तुलसीपुरका सफल व्यापारी राजकुमार श्रेष्ठसँगै अपहरणमा परेका रणबहादुरको शव सडेको अवस्थामा फेला

दाङ,असार २८ । तुलसीपुरका सफल व्यापारी राजकुमार श्रेष्ठसँगै अपहरण पछि हत्या गरिएका रणबहादुर घर्तीको शव बुधबार फेला परेको छ । हत्यामा संलग्न व्यक्तिहरुको बयानका आधारमा प्रहरीले बुधबार सल्यानको छत्रेश्वरी-४ झिम्पेको खर्सुगैराको लेक भञ्ज्याङस्थित जंगलमा घर्तीको शव फेला पारेको हो ।

श्रेष्ठ र घर्तीको अपहरण गरी हत्या गरेका अभियुक्तहरुलाई नेपाल-भारतबाट पक्राउ गरी मंगलबार प्रहरीले सार्वजनिक गरेको थियो । पक्राउ परेका पुजा घर्ती, टीकाराम घर्ती, मानबहादुर भण्डारी र भुपेन्द्र भण्डारीले श्रेष्ठको हत्या गरेको अघिल्लो दिन नै रणबहादुरको पनि हत्या गरेको भनि बयान दिएका थिए । हत्याराको बयानको आधारमा प्रहरीले रणबहादुरको शव सडेको अबस्थामा ढुंगाको खोंचमा फेला पारेको हो ।

गत जेठ २६ गते अपहरणमा परेका श्रेष्ठसँगै सल्यानबाट रणबहादुर पनि अपहरणमा परेका थिए । पक्राउ परेकी पूजा घर्तीले अपहरण गर्ने र फिरौती माग्ने योजना बनाई व्यवसायी श्रेष्ठलाई घुम्न भनि सल्यान तर्फ लगेकी थिइन् ।

सोही दिन रुकुम जाँदै गरेका स्काभेटरका ठेकेदार हापुर निबासी रणबहादुरले अपहरणकारीलाई सल्यानमा भेटेपछि घटना बाहिर आउने डरका कारण उनलाई पनि अपहरण गरी हत्या गरेको खुलासा भएको हो ।

Sharing is caring!

Add a Comment

Your email address will not be published. Required fields are marked *