बमनै समात्न आँट गर्ने साहसी राणा को हुन् ? दुइ सेकेण्डमै पड्किने बम थियो राणाको हातमा

अहिले सामाजिक संजालमा चम्किएका छन् – सल्यान जिल्ला सितलपाटीमा २०३६ सालमा जन्मेका हवल्दार दुर्गा बहादुर राणा ! उनले २०५८ सालबाट प्रहरीमा सेवा सुरु गरेका हुन्। देश र जनताको सेवाको लागी द्वन्द्वकालमै प्रहरीमा भर्ती भएको राणाले बताए। निर्वाचनअघि महानगरीय प्रहरी प्रभाग सामाखुसीका कार्यरत रहेको उनले बताए। दोस्रो चरणको निर्वाचन लागि उनी रौतहट खटिएका थिए। तर त्यहाँ निर्वाचन सरेपछि उनलाई दाङमा खटाइयो।

हवल्दार राणाका २ छोरा र १ छोरी छन्। राणाले समातेर फालेको बम मतदान केन्द्रभन्दा झन्डै १०० मिटर पर बिस्फोट भएको थियो । बम विस्फोट हुँदा कुनैपनि क्षती नभएको प्रहरीले जनाएको छ। चुनावी वातावरणलाई भयभित बनाउने उद्देश्यबाट बम बिस्फोट गरिए पनि मानविय क्षती नभएको प्रहरी प्रमुख धीरज प्रताप सिंहले जानकारी दिए । उनले बम बिस्फोट गराउनेको खोजी भइरहेको बताए।

Sharing is caring!

Tags:

Add a Comment

Your email address will not be published. Required fields are marked *