बौद्ध जोरपाटीमा माइक्रो बसले पैदल यात्रु किचेर १ को मृत्यु, अन्य ४ जना घाइते (फोटोसहित)

काठमाडौं । बौद्ध जोरपाटीमा माइक्रो बसले पैदल यात्रु ठक्कर दिएर ज्यान लिएको छ।  विहीबार अनियन्त्रित माइक्रोले मोटरसाइकल ठक्कर दिएपछि अनियन्त्रित भएर अगाडि बढ्दा पैदल यात्रु किचेको हो।

माइक्रोको ठक्करबाट भारत घर भइ जोरपाटीमा बस्दै आएका २७ वर्षीय रुपलाल साहको मृत्यु भएको छ भने प्रहरीका अनुसार सो दुर्घटनामा अन्य चारजना घाइते छन्।

प्रहरीले माइक्रो चालक सिन्धुपाल्चोक घर भइ जोरपाटी बस्ने लालबहादुर कामीलाई नियन्त्रणमा लिएको छ।

कामी ९ वर्षदेखि कलंकी-थली रुटमा माइक्रो चलाउँदै आएका चालक हुन्। प्रहरीलाई उनले माइक्रो स्टार्ट गरेपछि ब्रेक नलागेर नियन्त्रण लिन नसकेको बयान दिएका छन्।

माइक्रो अन्धाधुन्द दौडदा २ वटा मोटरसाइकल र एउटा कारमा क्षति पुगेको छ। बा ७ च ३२०० को कारमा ठोक्किएपछि माइक्रोले बा २९ प ७८२४ र बा ४४ प ६५४७ नम्बरको मोटरसाइकलमा क्षति पुगेको छ।

 

Sharing is caring!

Tags:

Add a Comment

Your email address will not be published. Required fields are marked *