भारतले लगायो नेपालमाथि ‘मिनी नाकाबन्दी’ !

काठमाण्डु, ८ असार– भारत सरकारको असहयोगले नेपालका करिब चार सय ग्यास बुलेट नौ महिनादेखि भारतमा अड्किएका छन् ।

नेपालमा ग्यास ढुवानी गर्दै आएका भारतीय व्यवसायीको बिजनेस खोसिने भएपछि भारतले विभिन्न बहाना बनाएर नेपाली ग्यास बुलेट सञ्चालनमा अवरोध गरेको हो ।

ग्यास ढुवानीमा भारतीय निर्भरता हटाउनका लागि सरकारले बुलेट खरिद आयातमा छुट दिएपछि नेपाली उद्योगीले बुलेट खरिद गरेका थिए ।

सबै कानुनी प्रक्रिया पुरा गरे पनि भारतको ‘एक्स्प्लोसिभ’ विभागले ‘एक्स्प्लोसिभ’ प्रमाणपत्र दिएको छैन । भारतले ‘एक्स्प्लोसिभ’ प्रमाणीकरण नगरेर अल्झाएको नेपाल एलपी ग्यास उद्योग संघका अध्यक्ष शिव घिमिरेले बताए ।

‘आयल निगमसँग अनुमति लिएर चार सय नेपाली बुलेट निर्माण गरिसकेका छौं’, घिमिरेले भने, ‘भारतले ‘एक्स्प्लोसिभ’ प्रमाणपत्र नदिएपछि नौ महिनादेखि भारतमै रोकिए ।’

‘एक्स्प्लोसिभ’ प्रमाणपत्र ग्यास बुलेट मात्र नभएर पेट्रोलियम पदार्थ ढुवानी गर्ने ट्यांकरले पनि लिनुपर्छ । नागरिक दैनिकबाट

 

Sharing is caring!

Tags:

Add a Comment

Your email address will not be published. Required fields are marked *