युएईमा गोर्खाल्याण्डको विषयमा विवाद हुँदा नेपालीबिच झडप,झडपमा दुई नेपाली घाइते

युएई, असार १० – युएईमा गोर्खाल्याण्डको विषयमा विवाद हुँदा नेपालीबिच झडप भएको छ । झडपमा दुईजना नेपाली घाइते भएका छन् भने एक जना हतियारसहित पक्राउ परेका छन् ।

युएईको आबुधाबीमा बङ्गाली मार्केटमा सुनसरीको धरानका र झापाको काँकडभिट्टाका नेपालीबिच भनाभन हुँदा झडप भएको हो । झापा र धरानका सबै युवाहरु गोर्खाल्याड मागको विरोधी हुन् ।

तर झापाका युवाले आफू नेपाली भएकोमा गर्व गर्ने बताएपछि धरानका युवाले आवेशमा आएर गोर्खाल्याण्ड भारतमा बनाउन नपाइने भन्दै चक्कु प्रहार गरेको प्रत्यक्षदर्शी जिफन्ट युएईमा आबद्ध झापाका किशोर केसीले बताउनुभयो ।

झडपमा झापा मेचीनगरका रबिन सिवाकोटी र अमृत तामाङ घाइते भएका छन । घाइतेको आबुधाबीमा उपचार भइरहेको छ ।  घाइते दुईजना नै आबुधाबीको एसिसी कन्ट्रर्याकटिङ कम्पनीमा कार्यरत छन् । चक्कु प्रहार गर्ने नेपालीलाई आबुधाबी प्रहरीले चक्कुसहित पक्राउ गरेको छ ।

गोर्खाल्यान्डका लागि युएईमा पनि अभियान

यसैबिच युएईमा कार्यरत दार्जिलिङका नेपाली भाषी भारतीयले गोर्खाल्याण्डको माग गर्दै गोर्खाल्याण्ड आन्दोलनमा ऐक्यबद्धता जनाएका छन् । युएईको दुबइ, आबुधाबी र सारजँहामा कार्यरत दार्जिलिङका बासिन्दाले समूह बनाएर गोर्खाल्याण्डको आन्दोलनमा एैक्यबद्धता जनाएका हुन् ।

Sharing is caring!

Tags:

Add a Comment

Your email address will not be published. Required fields are marked *