राष्ट्रपति विरुद्ध फेसबुकमा मनपरी गाली लेख्ने युवालाई ५ वर्ष जेल ! तनहुँबाट अर्का युवा पक्राउ(भिडियो सहित)

काठमाडौं, असार ३०। राष्ट्रपति विद्यादेवी भण्डारीलाई सामाजिक सञ्जाल फेसबुक भरि मनपरी लेख्ने युवकलाई प्रहरीले पक्राउ गरेको छ ।

रास्ट्रपति भण्डारीले १६ करोडको गाडी मागिन भन्ने बिषयमा कुनै कुरै नबुझी फेसबुकमा अश्लिल र अमर्यादित गाली गरे पछि तनहुँको बन्दिपुर निवासी नेविसंघ कार्यकर्ता बिबेक बाँनियालाई प्रहरीले पक्राउ गरेको हो ।

ट्रिनिटी कलेजका विद्यार्थी विवेकले यसअघि बन्दिपुरको नोत्रे दाम्स स्कूलमा पढेका थिए । उनीमाथि प्रहरीले साइबर क्राइमसम्बन्धी मुद्दा चलाउने तयारी गरेको छ ।

यसअघि प्युठानका सोनुकुमार सुनारलाई प्रहरीले विहिबार कपिलवस्तुबाट पक्राउ गरेको थियो । पेशाले पत्रकार सोनुकुमार लामो समयदेखि राष्ट्रपति तथा राष्ट्र उच्च पदस्थ व्यक्तिमाथि तल्लोस्तरको भाषा प्रयोग गर्दै मनपरी लेख्दै आएका थिए । उनलाई थप कारवाहीका लागि काठमाडौं ल्याइएको छ ।

प्रहरी स्रोतका अनुसार सुनारमाथि प्रहरीले साइबर क्राइम सम्बन्धी मुद्दा अघि बढाएको र ५ वर्षको जेल सजायँ हुनसक्छ । साइबर क्राइमसम्बन्धी अपराधको दफा ४७ अन्तर्गत पक्राउ परेका सुनारलाई ५ बर्ष कैद र १ लाख रुपैयाँ जरिवानामा मुद्दा चलाउन काठमाडौं ल्याइएको हो ।

Sharing is caring!

Add a Comment

Your email address will not be published. Required fields are marked *