व्यापारी श्रेष्ठको अपहरण र हत्याका पुजा सहित मुख्य ६ जना योजनाकार सार्वजनिक, हत्याराहरुले रुदै यस्तो पनि भने (भिडियो सहित)

तुलसीपुर,असार २७ | दाङका व्यापारी राजकुमार श्रेष्ठको हत्याका मुख्य ६ जना योजनाकारहरू नेपाल प्रहरीले बाके,काठमाण्डौ तथा नेपाल भारतको सिमा क्षेत्रबाट पक्राउ गरी सार्वजनिक गरेको छ |

हत्याका संग्लग्न हुने मुख्य अभियुक्तहरु सल्यानस्थित साविक झिम्पे कोरवाङ गाबिस वडा नम्बर ५ घर भई हाल दाङ हेकुली ६ बालापुर बस्ने ३७ बर्षका मान बहादुर भण्डारी, दाङ साबिक शान्तीनगर गाबिस.वडा नं.४ घर भई हाल तुलसीपुर उपमहानगरपालिका वडा नं.६ स्याउली बजार बस्ने बर्ष ३९ को टिकाराम घर्ती र निजको छोरी बर्ष १८ की पुजा घर्तीलाई बिशेष सुचनाको आधारमा बाँके डुरुवा गाउँपालिका वडा नं.६ स्थित नेपाल भारतको सीमानामा पर्ने हिरमोनिया भन्ने ठाउँबाट पक्राउ गरिएको राप्ती अञ्चल प्रहरी कार्यालय तुलसीपुरमा प्रमुख ज्ञानविक्रम शाहले जानकारी दिनु भयो ।

उनीहरुले तुलसीपुर उपमहानगरपलिका वडा नंम्बर ५ मा कपडा व्यवसाय सञ्चालन गर्दै आएका व्यापारी राज कुमार श्रेष्ठलाई जेठ २६ गते तुलसीपुरबाट अपहरण गरी अपहरण पश्चात २९ गते हत्या गरी फरार रहेका थिए |

त्यसै गरी घटनाका मुख्य योजनाकारहरु दाङ तुलसीपुर उपमहानगरपालिका वडा नं. ८ का वर्ष २८ को भुपेन्द्र भण्डारीलाई तुलसीपुरबाट र तुलसीपुर ११ कटाहा वस्ने खुम वहादुर के.सी.(३०)लाई काठमाडौबाट पक्राउ गरिएको वताउनु भयो । घटनामा संलग्न रहेका तुलसीपुर उपमहानगरपालिका वडा नं.९ वेलुवा शिवज्योति टोलका नारायण वली (४१) लाई पक्राउ गरी सार्वजनिक गरेको छ । उनीहरुको थप अनुसन्धान भइरहेको शाहले जानकराी दिनु भयो ।

पैसाकै लागी श्रेष्ठको हत्या गरेको पक्राउ परेका अभियुक्तहरु बयान दिइसकेका छन् भने आफ्नो संलग्नता रहेको समेत खुलासा गरी सकेका छन् यसै बीच अर्का अपहरणमा परेका व्यक्ति घोराहीका रण बहादुर घर्तीलाई पनि जेठ २९ गते नै अपहरणकारीहरुले हत्या गरिसकेको अनुसन्धानमा खुलेको प्रहरीले वताएको छ | -अन्नपुर्ण पोष्टबाट

Sharing is caring!

Add a Comment

Your email address will not be published. Required fields are marked *