Home | NepalNews | Sports | WorldNews | Archive | Diaspora | Literature | Broadband | Awareness | Solutions | Careers | Feedback | Contact
 
Your Article
   
 
मोबाईल झिकेर "९" "८" "४"......अँक डायल गरेर call गर्नुस त, के हुन्छ !
 
 

02-April-2008
enepalionline.com |Sagar Prasain

-------------------------------------------

मोबाईल झिकेर "९" "८" "४" "१" "६" "४" "६" "०" "२" "२" अँक डायल गरेर call गर्नुस त, के हुन्छ !

"तपाईँले डायल गर्नु भएको नम्बरमा अहिले सम्पर्क हुन सकेन केहि क्षण पछि पुनः प्रयास गर्नु होला ।" भन्ने सन्देश आयो होला हैन ! नआँत्तिनुस्, नरिसाउनुस् किनभने यो त सुरुवात मात्र हो । यहि भनाई तपाईँले अझ ७/८ चोटि सुनेपछि बल्ल त्यो नम्बरमा फोन लाग्छ । यदि तपाईँहरु मध्ये कसैले यो नम्बरमा एकैपल्टमा फोन लगाएँ भन्दै हुनुहुन्छ भने या त तपाइँ ढाँट्दैहुनुहुन्छ, नभए तपाईँ साँच्चैनै भाग्यमानी हुनुहुदोँरहेछ । के को बारेमा कुरा गर्‍या होला ताल न बेताल को भनेर रिसाउन लागिसक्नुभा होला है! तर के गर्नु मेरो आफ्नै व्यथा हो यो ! अनि फेरि तपाँईहरुलाई नभनेर कसलाई भन्नु त!

आज भन्दा २ बर्ष अघि मेरो हातमा यो सेट आउँदा म कति खुसी थिँए भनेर भनिसाध्य छैन । हुनत यो Sony Ericson को T637 भन्ने मोडल हो । चट्ट मिलेको, पातलो, क्यामरा पनि भएको हेर्दा त सार्‍है राम्रो छ यो । तर यो जाली सन्सारमा आफ्नै आँखाले देखेको कुरा पनि असत्य हुनसक्छ है भनेजस्तै मेरो सेट पनि हेर्दा मात्रै राम्रो हो । यसले आफ्नो औकात त बोक्न थालेको २/३ महिनापछि देखिनै देखाउन थालेको हो । तर आफ्नो बेइज्जत आफै किन गर्नु भनेर मात्रै म चुप लागेर बसेको थिँए । तर अब त अति भो ! त्यसैले आज बाध्य भएर यो गुनासो पोख्दै छु । तपाईँहरुलाई अल्छी लागिसक्योभने यहाँ बाट अगाडी नपढ्नुहोला है । किनभने जे काम गर्नमनै छैन त्यो काम कहिले गर्नुहुदैन रे क्या ! सुरुमा यो सेटका बिशेषता बारेमा नै चर्चा गरौँ न त ।

मेरो सेटको सबैभन्दा महत्वपुर्ण विशेषता भनेको नै यसले मलाई दिने complete privacy हो । कसरि भन्नुहुन्छ भने मेरो मोबाईलमा प्राय कहिले नेटवर्क नै हुँदैन । नेटवर्क नभएपछि कसैको फोनपनि आउँदैन । अनि भएन त complete privacy ! अझ कसैको सेटमा नभएको एउटा प्रविधि पनि छ मेरो सेटमा, Balance Saving Technology ! त्यो कसरि भने, मेरो सेट त्यतिकै राखिरहँदा त्यसमा Full Tower आईरहेको हुन्छ । तर जब तपाँई फोन गर्नका लागि नम्बर डायल गर्न सुरु गर्नु हुन्छ नि, त्यतिबेला नै नेटवर्क हराउँछ । अनि त जति प्रयास गर्नुस न, तपाईँको मनबाट फोन गर्ने बिचार नहराएसम्म मरीगए नेटर्वक आए पो ! अब फोन नै गर्न नपाएपछि बचेन त ब्यालेन्स ।
त्यसैगरि तपाईँलाई यदि कोहि मान्छेसँग रिस उठेको छ तर तपाईँ उसलाई केहि भन्न सक्नुहुन्न भने पनि नआत्तिनुहोस् । यो समस्याको हलका लागि पनि मेरो सेटमा एउटा उपाए छ । त्यो के भने त्यो मान्छेको फोटो मेरो मोबाईलको camera ले खिच्दिनुहोस् ! त्यो मान्छेलाई त केहि हानि नहोला तर त्यसको फोटो हेरेर तपाईँको मनलाई भने पक्कै आनन्द आउँछ । किनभने मैले अहिले सम्म यो भन्दा नराम्रो फोटो खिच्ने क्यामरा देखेकै छैन !

यो सँसारमा भग्वान छैनन् भन्ने मान्छेसँग म ठाडै विबाद गर्न सक्छु किनभने मलाई भग्वानले मेरो अस्तित्व छ भनेर धरै पल्ट प्रमाण दिसकेका छन् । कसरि भन्नुहुन्छ भने लौ सुन्नुस्: मेरो यो मोबाईलको Keypad पनि अचम्म पाराले बिग्रन्छ । कहिले तलका ३ वटा Keys थिचिँदैन, कहिले माथिका ३ वटा भने कहिले दायाँका ३ वटा र कहिले बायाँका ३ वटा Keys थिचिँदैन । तर जेसुकै बिग्रियोस् म कहिले बनाउँदिन । अन्तमा केहि सिप नलागेपछि भग्वानलाई पनि दया लाग्छ क्यार, आफै बनाईदिन्छन् । भनेपछि सानोतिनो रहेछ त मेरो फोन, भग्वानलाई त आफ्नो अस्तित्व देखाउन बाध्य पार्छ । यसरि यस्ता बिबिध विशेषताहरुका साथ मेरो फोन पनि विशेष छ ।

 
Server Update Time: 02-04-08 | 04:17 PM - GMT +4:00

All Rights Reserved © 2007 E-nepali News Network
Site Best viewed with 1024X768 pixels & IE 6+ | FireFox 2+

Site has been visited : stimes since Jan 2007.