Home | NepalNews | Sports | WorldNews | Archive | Diaspora | Literature | Broadband | Awareness | Solutions | Careers | Feedback | Contact
Wednesday, January 2, 2008
 
Your Article |
   
 

इराक जानबाट नेपालीलाई रोकौं

 
 

02-January-2008
enepalionline.com | Article | Arjun Dahal

 

इराक जानबाट नेपालीलाई रोकौं......

इराक जानु र धेरै पैसाकमाउन् भनी प्रलोभन देखाउने यस कार्यमा संलग्न दलाललाई कसले कसरी र कहिले कार्वाही गर्ने हो ? के नेपाल सरकारले इराक रोजगारीमा जान नपाउने प्रतिबन्ध लगाएको कुरा सत्य नै हो त ? आजकाल धेरैको मुखबाट यही सुन्न थालिएको छ । यस्तो जानकारी नेपाल स्थित श्रम मन्त्रालय र परराष्ट मन्त्रालयको भवन र कर्मचारी संग मात्र सिमित छ कि जस्तो आभास भैरहेको छ । भिषा नक्कली हो होइन कसरी जाँच बुझ गर्ने ? २१ औ शताब्दिको यो समयमा सूचना तथा संञ्चार प्रबिधिको माध्यमले संसारको कुनै पनि खवर पाउन देखि रोजगारीका अवसर छान्न सजिलो बनाएको अवस्थामा हाम्रो देशमा सूचना तथा प्रबिधिलाई सही उपयोग गरेर सक्कली हो या नक्कली भनी जाँच गर्ने प्रविधिको विकास गर्न कति गाह्रो पर्ला र ? आम चासोको विषयपनि बन्दै गएको छ ।

विधिको बिडम्बना के छ भने नेपाल सरकारले रोजगारीकालागि प्रतिबन्ध लगाएको राष्ट्रमध्ये इराक पनि एक हो । इराकमा यस अघि पनि १२ जना नेपालीको निर्मम हत्या भएको र यसको प्रभाव सम्पूर्ण संसारभरि छर्लङ्ग भैसकेको छ । यति हुदाँ हुदै पनि हाम्रा नेपाली दाजुभाइहरु इराक जानकालागि मरिहत्ये नै गर्दछन । बैदेशिक रोजगारमा जाने व्यक्ति केहि पनि नजान्ने र अनपढ त पक्कै पनि हुदैनन् । केही न केही त जानेकै हुन्छन् । त्यै पनि सबैकुरा जानी जानी बुझ पचाए जस्तो गरेर इराक नै जान गैह्रकानूनी तवरले आउने गर्दछन् । काठमाण्डौ एयरपोर्टमा समस्या पर्छ भनेर कतिपय त भारतीय एयरपोर्टको बाटो उपयोग गर्दै ज्यान फालेर आउँछन् । यस्ता गैह्रकानूनी गतिबिधि प्रति कसले निगरानी गर्ने हो ? यो समाचार कुनै नौलो समाचार त होइन नि । केहि साता अघि मात्र इराकामा अन्धाधुन्ध गोली चलाउँदा ९ नेपालीलाई गिरफ्तार भएका थिए । ती सबै नेपालीहरु गैह्रकानूनी थिए । यस किसिमको कार्य प्रति प्रलोभन देखाउन यस कार्यमा संलग्न दलाललाई कसले कसरी र कहिले कार्वाही गर्ने हो ?

हुन त अहिले पनि नेपालमा घुष खाने र घुष दिने एक किसिमको खराव प्रवृतिको विकास त रोकिएको कहाँ छ र ? यसको ज्वलन्त उदाहरण नेपाल स्थित काठमाण्डौको त्रिभुवन विमान स्थलको अध्यागमन विभाग हो । वैदेशिक रोजगारीमा जाने व्यक्ति जो संग सम्पूर्ण कानुनी कागजात छ, सक्कली भिषा छ उसलाई विभान स्थलमा अध्यागमन विभागका कर्मचारीले एक प्रकारको मानसिक तनाव सृजना गर्दछन किन भने उसबाट घुस लिइएको छैन । तर जो संग नक्कली भिषा छ, नक्कली कागजात छ, उसलाई सजिलै त्यहाँबाट हवाई जहाज तर्फ जाने अनुमति दिइन्छ, किन की उसबाट घुस लिइसकेका हुन्छ । त्यस्तो व्यक्तिलाई विदेशी एयरपोर्टमा आएर मात्र थाहा हुन्छ, किनभने अरु मुलुकमा यस्तो कर्म चल्दैन । अनि उसले आफूले भ्याए सम्मको गुहार माग्दछ, सहयोगकालागि आग्रह गर्दछ । खानाकोलागि भौतारिन्छ । अन्त्यमा सम्बन्धित निकायको कार्वाहीमा परि ऊ स्वदेश नै फर्कन बाध्य हुन्छ वा संबन्धित देशकै जेलमा कोचिन पुग्छ । कतिपय त आत्महत्या गर्न पनि पछि हट्दैनन । उसलाई यस्तो समस्या पर्दा कहाँ गए ति घुस खाने व्यक्ति ? कहाँ गए ती झुक्याएर पठाउने दलालहरु ? कहाँ गए ती नक्कली भिषा बनाएर पठाउने ठगहरु ? आखिर मार्कामा को पर्छ ? ऊ, जो वैदेशिक रोजगारमा गएर पैसा कमाउने कल्पना गरेको एक नेपाली । उसले नेपालमा हुदाँ त यो सबै कुराको कहाँ ज्ञान पाएको हुन्छ र ? म एक पटक विदेशमात्र जान पाउँ, काम त गरिहाल्छु नि, गाउँका साथीहरु छन उनीहरुको सहयोग र आँटका साथ जोश जाँगरले भरिपुर्ण एक नेपालीले यी कुरा नसोच्ला र ? जसले आफ्नो घरबारी, खेत नै बन्दकी राखेर कति दुःख, मानसिक पिंडा खेपेर आएको नेपाली । संगैको छिमेकको साथीले विदेशमा गएर धेरै पैसा कमाएर सहरमा नयाँ घर किनेको खबर ताजा नै छ उसको मनमा । उसले नपढेको भनु त के भनु, जाने कै छ । फेरि उ त गल्फमा पहिले नै काम गरेको अनुभव पनि बटुलेको थियो । पहिले त्यति धेरै कमाई भएन रे र फेरी कमाउन जाने भनेर विदेश जाने यस्ता व्यक्तिले त गल्ती गर्छन भने सर्वसाधारणले किन गल्ती नगरुन् त ?।

त्यस्तो कुन समस्या छ जसको समाधान नै दुर्लभ छ ? पौराणीककालमा देवता र दानव मिली समुद्र मन्थन गर्दा कैलासकुट नामक विषनिस्कको के थियो अनि यसको समाधानकालागि महादेव स्वयंले सो बिष सेवन गरेर संसारलाई बचाएको कथा त सबै नेपालीमाझ र्सववितिदै छ । अहिले संसारमा देखा परेका समस्या मध्ये सबै भन्दा जटील समस्या एड्स रोग जसको कुनै पनि ओखती भेट्टयाएकै छैन, तर पनि मानिस सहयोग, सदभाव, माया प्रेमले यो रोगबाट मुक्त दिने आशा राख्दछन भने इराक जाने कुनै ठुलो समस्या त होइन नि ?

भर्खरै मात्र पनि इराकबाट फर्केका नेपालीहरु दुबइ एयरपोर्टमा अलपत्र भएको खबरहरु आएको छ । यसको लागि अझै बढी खबरदारी र सूचना प्रवाह गर्ने काममा सबै पक्षले उत्तिकै जिम्मेवार हुन आवश्यक भै सकेको छ ।

 

========================================================================

यो लेख सम्बन्धि कुनै क्रिया प्रतिक्रिया दिन चाहनुहुन्छ भने कृपया तल उल्लेखित इमेलमा तपाइको अमूल्य मनका भावना पठाउनु हुन हामी इनेपालीअनलाइन परिवार आग्रह गर्दछौ।

हाम्रो इमेल : info@enepalionline.com वा enepali@hotmail.com

=========================================

 

 
Server update time: 02-JAN-2008 | 11:10 AM GMT +4:00

All Rights Reserved © 2007 E-nepali News Network
Site Best viewed with 1024X768 pixels & IE 6+ | FireFox 2+

Site has been visited : stimes since Jan 2007.