Home | NepalNews | Sports | WorldNews | Archive | Diaspora | Literature | Broadband | Awareness | Solutions | Careers | Feedback | Contact
Tuesday, November 27, 2007
 
मरुभूमिमा उभिएर हेर्दा
   
 

नेपाली समाज यूएइलाई साधुवाद

 
 

26-November-2007
enepalionline.com | From Marubhumi|

मरुभूमिमा उभिएर हेर्दा : नेपाली समाजयूएइलाई साधुवाद

================================================

यो भरुभूमिमा उभिएर हेर्दा भन्ने शिर्षकमा प्रकाशित कुनै पनि लेख सम्बन्धि कुनै क्रिया प्रतिक्रिया दिन चाहनुहुन्छ भने कृपया तल उल्लेखित इमेलमा तपाइको अमूल्य मनका भावना पठाउनु हुन हामी इनेपालीअनलाइन परिवार आग्रह गर्दछौ।

हाम्रो इमेल : info@enepalionline.com वा enepali@hotmail.com

=========================================

समय निरन्तर आफ्नो प्रवाहमा वहिरन्छ । समयको प्रवाह र गतिलाई रोक्ने सामर्थ्य सृष्टिको कुनै पनि सृजनासंग छैन, यो यथार्थत हो । मनाव सृजनाको उपल्लो दर्जाको सम्भावना हो भने विनाशको कल्पना अनि रचनाकार निर्विवाद सत्य हो । "समय आउँछ पर्खदैन, वग्ने खोला र्फकदैन्" वास्तविकता हो ।

गतिशिल समयको कालचक्रमा घुम्दै मरुभूमिमा अभिनु पर्ने म र म जस्ता धेरैको वाध्यता । यो कस्तो वाध्यता भौगोलिक विभेद, प्राकृतिक सम्पदा, जैविक सम्पदा अनि जलश्रोतको अपार धनि देशको नागरीक तथापी प्रवाशीनु पर्ने वाध्यता र समयको, प्राकृतिक साङ्गलोको नेल र वेडि नठोकिए पनि हाम्रा राष्ट्र चलाउने सारथीहरुको अदुरदर्शिता अनि "मै खाउँ, मै लाउँ, सुख सयल मोज मै गरु" भन्ने भावनाको जालोमा पिसिदैं प्रवाशीनु पर्ने हाम्रो विवशता । प्रवाशीनुको पिढा तिनलाई के थाहा आएर प्रवाशीलाई सोधनु पर्छ, राष्ट्रको माया कति हुन्छ भनेर, माटोको स्नेह कति हुन्छ भनेर अनी परिवार र साथीसंगीको प्रेम कति हुन्छ भनेर त्यसलाई वर्णन गर्ने शब्दहरुको अभावमा मन, मष्तिस्क अनि कलमहरु सादा पानामा भैतारीन विवस छ तर त्यसको उजागरमा अर्समर्थ पनि ।

हो यहि समयको प्रवाहमा वहकिदैं यूएइमा हाम्रो संस्कृति र परम्परा अनि धार्मिक आस्थाका चाडहरु विविध धर्मिले समयको कालचक्र संगै लुकामारी खेल्दै जो जहाँ भए पनि आस्थाका चाडहरु अनि रितिरिवाज मनाउँदै आएका छन र मनाउनु पर्दछ । तर विगत देखि वर्तमानसम्म यूएइको इतिहासमा चाडवाडमा मनोरञ्जन गर्ने परम्परा जसकालागि समाजसेवाको लक्ष्य वोकेको सामाजीक संघ संस्थाले आयोजना गर्ने साँस्कृतिक कार्यक्रमहरुले नै आफ्नो चाडवाडलाई सम्झदै मनाउने गरेको इतिहासलाई भत्काएर नौलो इतिहासको श्री गणेश गर्ने संस्था नेपाली समाज यूएइलाई साधुवाद दिन चाहन्छ, यो प्रवाशीएको स्तम्भकार । प्रवाशीएको ९ वर्षको लामो इतिहास वोकेको यो स्तम्भकारको "देउसी भैलो २०६४" कार्यक्रम यूएइको परिप्रेक्ष्यमा र ९वौं महिने वसाइसंगै नेपाली पनको मिठो रसस्वादन गराउने जमर्को का साथ संस्थाले आर्थिक सम्मुनतीको प्रयास जसले मनोरञ्जनका साथ प्रवाशीको पिढामा आर्थिक सहयोगको मलम पट्टी गर्ने प्रयासको शुरुवात गरेको छ, जसको निरन्तरताको आग्रह पनि गर्दछु ।

देउसी भैलो कार्यक्रमको श्री गणेश गर्ने क्रममा जव कार्यक्रमको पहिलो घरको प्रवेशमा नै स्तम्भकारको मन मष्तिस्क मुलुकको परिवार, साथी संगीसंग अंकमाल गर्दै रातो माटो र गोवरको मिसावटले लिपपोत गरिएको घरमा पूगेको अनि लक्ष्मीको आगमनको सुचना स्वरुप पइतालाका डोव बनाइएको र माटोको दियोमा तेलको संयोजनसंगै बलिरहेको दिपको प्रकाशको मनमोहकतामा प्रवाशीएको पिढा, फुङ्गफुङ्ग उड्ने मरुभूमिको वालुवा देखि धेरै टाढा क्षितिजमा डुविसकेको सूर्यसंगै मदहोस भएको साँझमा तल्लो घरे गौथली र माथिल्लो घरे माइला दाइको घरमा देउसी भैलो खेलिरहेको अनुभूतिका साथै वैशले घोर्ले भएको हर्के र चमेलीको वैशाली नृत्यलाई स्मृतिको क्यानभासमा सल्वलाउन थाल्दा शरीरमा रोमाञ्चक अनुभूतिकासाथै थोरै मात्र भएपनि प्रवाशीएको पिंढाको सियो घोचाइ नभएको भने होइन ।

समग्रमा नेपाली समाजले १७ वर्ष जे गरो अनि जति गरो त्यसको लेखा जोखा गर्ने कार्य गर्नु भन्दा आगामी दिनमा पनि यस्तै विविध कार्यक्रमका साथ आफ्नो गन्तव्यका पाइलाहरु अगाडि वढाओस शुभकामना अनि कहिले निभ्न आटेको दियो भन्दा प्रज्वलनशिल दिप बनेर प्रवाशीएको नेपालीको सहयोगमा निरन्तरता दिओस, अश्रुबहिरहेको नयनमा सहयोगको रुमाल दिन सकोस, चोइटिएको प्रवाशी हृदयलाई स्नेहको मलम लगाउन सकोस अनि विगतको धमिलो इतिहासमा सूर्यको कानित फिजाउदै आम प्रवाशी नेपालीहरुको मन मष्तिस्कमा ठाउँ बनाउन सकोस, यहि छ ढिलै भए पनि स्तम्भकारको शुभकामना अनि संस्थाको उत्रोत्तर प्रगतीको कमना पूनश्चः धेरै धेरै साधुवाद नेपाली समाज यूएइलाई दिपावलीको पूनित उपलक्ष्यमा देउसी भैलो कार्यक्रमको आयोजनाको कल्पना हुदै सृजना गरेकोमा ।

जदौ !

================================================

यो भरुभूमिमा उभिएर हेर्दा भन्ने शिर्षकमा प्रकाशित कुनै पनि लेख सम्बन्धि कुनै क्रिया प्रतिक्रिया दिन चाहनुहुन्छ भने कृपया तल उल्लेखित इमेलमा तपाइको अमूल्य मनका भावना पठाउनु हुन हामी इनेपालीअनलाइन परिवार आग्रह गर्दछौ।

हाम्रो इमेल : info@enepalionline.com वा enepali@hotmail.com

=========================================

 
 

All Rights Reserved © 2007 E-nepali News Network
Site Best viewed with 1024X768 pixels & IE 6+ | FireFox 2+

Site has been visited : stimes since Jan 2007.