Home | NepalNews | Sports | WorldNews | Archive | Diaspora | Literature | Broadband | Awareness | Solutions | Careers | Feedback | Contact
Wednesday, December 12, 2007
 
Your Creation |
   
 

समानुपातिक निर्वाचन प्रणाली के हो ?

 
 

10-December-2007
enepalionline.com | Your Creation |

समानुपातिक निर्वाचन प्रणाली के हो ?

महेन्द्र खनाल.......

जनताको प्रतिनिधित्व गरी जनताद्धारा छनौट गरिएका व्यक्तिहश्रले चलाउने प्रजातन्त्रिक शासन प्रणलीमा निर्वाचन एक प्रमुख औजार हो । यसले जनताको मताधिकारको प्रयोग गरी प्रशासकिय निकायमा नीति निमार्ण गर्ने आधिकारीक व्यक्तिहरुको छनौट गर्ने छ । त्यसकारण निर्वाचनको एकता भनेको बढि भन्दा बढि सर्वसाधरणको भावनाको कदर गरिएको विषय वस्तु संग अन्तर सम्बन्धित छ । स्थानिय देखि केन्द्रिय निकाय सम्म जनप्रतिनिधिको छनौट गर्न निर्वाचनलाई माध्यम बनाइने गरिन्छ । यस बाहेक समय समयमा राजनीतिक निर्णय अनुसार जनमत संग्रह, संविधान सभाकालागि पनि निर्वाचनद्धारा जनमत संकलन गरी ठोस निर्णय लिने गरिन्छ । सरकारद्धारा तयार पारिएका विभाजित स्थानिय निकायहरुलाई निर्वाचन क्षेत्र घोषणा गरी सम्बन्धित राजनीतिक दलका उम्मेद्वारहरु विच प्रतिस्पर्धा गराइ बढि जनताको मतदान प्राप्त गर्नेलाई बिजयी घोषणा गर्ने निर्वाचन प्रणाली परम्परागत समय देखि रहिआएको हो ।

वर्तमान समयमा नेपालको सन्दर्भमा देखिएको संबिधान-सभाको निर्वाचनको चर्चा त्यसमा अपनाइने निर्वाचन प्रणली विशेष चर्चाको विषय बन्न पुगेको छ । निर्वाचन आयोगले निर्वाचनको सम्पुर्ण तयारी गरी मिति समेत घोषणा गरिसकेको अवस्थामा पनि प्रकृयाका कारण फेरी निर्वाचन मिति पर सर्न पुगेको छ । यसबाट राष्ट्रलाई कति आधात पुगेको छ भनि यहाँ भनिरहनु नपर्ला ।

संसदबाट गणतन्त्रको घोषणा गर्ने र समानुपातिक निर्वाचन प्रणलीद्धारा संविधान-सभाको निर्वाचन सम्मपन्न गर्नुपर्ने कुरा नेकपा माओवादीले राखेपछि राष्ट्र अहिले सो निर्वाचनको मिति पर्खेर बसेको छ । यसैकारण समकालिन नेपालको परिस्थिती संग सम्बन्धित विषय वस्तु समानुपातिक निर्वाचन प्रणलीको सामान्य चर्चा यहाँ गरिएको छ ।

निर्वाचनमा जनमत प्राप्त गर्ने दलहरुको जनमतको आधारमा उम्मेदवारहरुको अर्थात प्रतिनिधिहरुको सहभागिता गराउने प्रणालीनै समानुपातिक निर्वाचन प्रणली हो । यस आधारमा कुल मतदाताहरुको संख्याहरुको आधारमा दलहरुले प्राप्त गरेको मत प्रतिशत निकाली त्यसै प्रतिशतको अनुपातमा संबिधान सभामा प्रतिनिधि सहभागि गराउने यो प्रणाली यस भन्दा अगाडि दक्षिण अफ्रीकामा प्रयोगमा ल्याइएको हो । यस आधारमा व्यक्तिको प्रमुख भुमिका नभइ दल र दलका नीति र कार्यक्रमहरुको प्रमुख भुमिका रहेको पाइन्छ । विषेश परिस्थितीमा दलले उपयोग गरेका अवसरहरु र सामान्य जनतामा त्यसबाट परेको प्रभावका आधारमा लोकप्रिय दलले बढि जनप्रतिनिधि सहभागी गराउन सक्छ । यसलाई नेपालको २०५ निर्वाचन क्षेत्रलाई आधारमानी २०५८ सालको जनगणनाका आधारमा रहेका जनसंख्याबाट दलले सहभागी गराउने अनुमानित प्राप्त मतको आधारमा निर्वाचक मण्डल को सामान्य आँकडा उदाहरणकालागि प्रस्तुत गरिन्छ ।

 

काल्पनिक आँकडा (उदाहरणकालागि मात्र)

 

उपरोक्त आँकडाबाट समानुपातिक निर्वाचन प्रणली अनुसारको निर्वाचन प्रकृयाले संबिधान-सभाको गठनकालागि सहभागी गराउने उम्मेदवारहरु अर्थात संबिधान-सभाका सदस्यहरुले मनोनयनको आधार प्रस्तुत गर्दछ । यसबाट प्रशस्त जानकारी यसरी प्राप्त गर्न सकिन्छ की कुल मत प्राप्त गर्ने दलले प्राप्त गरको मत प्रतिशतको आधारमा सभाकालागि सदस्य सहभागी गराउन पाउने अवसर प्राप्त गर्दछ । जस अनुसार माथि प्रस्तुत आँकडालाई हेर्दा सबै भन्दा बढि मत प्राप्त गर्ने नेकपा माओवादीले ३३ मत प्राप्त गरेको आधारमा कुल २०५ प्रतिनिधिको ३३ जम्मा ६९ जना प्रतिनिधिहरु सदस्यकोरुपमा मनोनयन गराउन पाउने शुभ-अवसर पाएको छ ।

यस आधारमा समानुपातिक निर्वाचन प्रणलीको सान्दर्भिकता अत्यन्त महत्वपूर्ण रहेको तथ्यमा दुइ मत छैन ।

 

 
Server Update time: 10-12-07 | 9:00 AM GMT+4:00

All Rights Reserved © 2007 E-nepali News Network
Site Best viewed with 1024X768 pixels & IE 6+ | FireFox 2+

Site has been visited : stimes since Jan 2007.