| Home | NepalNews | Sports | WorldNews | Archive | Diaspora | Literature | Broadband | Awareness | Solutions | Careers | Feedback | Contact |
||||
Tuesday, December 4, 2007
|
||||
|
||||
|
||||
01-December-2007
समय आफ्नै गतिमा निरन्तर दौडिन्छ । मानवमा संवेदना भए पछि मानवको विचार हेर्ने दृष्टिकोण र आशा अनी निराशाको चौघेरामा रुमलिदै जीवनका जिजिविषाको खोजीमा भौतारीनु वाध्यता अनि त्यही वाध्यताको माकुरीजालोमा जेलिदै क्षितिज भन्दा टाढा भौतारिने क्रममा भावनाका, विचारका ज्वारभाटा संगै अंकमाल गर्दै दौडिन्छ । कस्तो स्वार्थी छ मानिस, कति छलकपटको भन्डार अनि औला दिदा डुडुल्लो निल्ने प्रवृतिको विकास किन हुन्छ ? म सृष्टिको र्सवश्रेष्ठ प्राणी, चेतनाको विकास अनि विज्ञानको खोजको २१औ शताब्दीको आधुनिकतामा दौडिरहेको आधुनिक मानव तर हृदयका अन्तर कुन्तरमा स्वार्थले भन्डार नबनाए पनि आफ्नो हृदयमा छुरा घोप्ने पुरुष प्रधान समाजको पुरुषार्थ प्रस्तुत नगरे पनि आफ्नो विवेकलाई किन विवेक शुन्य वनाइरहेको छु , निर्कौल गर्न किन गाह्रो भएको ? सृष्टि रचना संगै कल्पनाको तरेलिमा मच्चिदै मित्रताको मिठो साङ्गलोमा बाधिएर भावनामा बहकिदै उनको भावनाको, उनको आस्था अनि विश्वासको अन्त्य किन गरे ? बरु मेरा शरिर भित्रका एक एक अंग प्रत्येंगको अन्त्य किन गर्न सकिन ? उनकालागि हृदयका ढुकढुकिलाई किन निश्तेज गर्न सकिन ? मित्रताको सुमधुर सम्बन्धलाई किन घात गर्न अग्रसर भएँ ? प्रश्न चिन्हको प्रत्येक चौघेरामा हरेक निमेष मृत्यु वरण गर्न त्यही भावनाको बारुदको विस्फोटनका कारण विवश छु । प्रेम शुन्य हो अनि प्रेम अंकको कुनै सिमामा नअटाउने इश्वरको देन परिभाषा गर्न विवश छु । के प्रेम प्राप्ति अनि मात्र प्राप्ति हो ? होईन कदाचित होइन । यदि प्रेम लिनु र दिनुको संगम हो भने त्यो त व्यापार भएन र ? मैले उनकोलागि सोचेको भावना कदाचित व्यापार थिएन । त्यो केवल दिनु मात्र थियो । प्राप्तिको कुनै आशा थिएन । हो, स्वमाभले म अन्तरमुखि व्यक्ति हुँ । भावनाको गहिराइमा डुबेर इश्वर प्रतिको आस्था, विश्वास अनि त्यस प्रतिको सम्मान भन्दा धेरै माथी उनको प्रतिष्ठा स्थापित थियो हृदयमा । जीवनको कुनै पनि मोडमा भावनाका भंगाललाई फाट्न नदिने, उनको सामु अभिव्यक्त नगर्ने चाहना थियो । किन मेरो मन र मष्तिस्कले मलाइ साथ दिन सकिन ? अनि भावनाको तलाउ खण्डित भएर उनको म प्रतिको विश्वास, मित्रता अनि हेर्ने दृष्टिकोणलाई गलत बनाए । किन म विवश भएँ ? उनका विश्वासका पर्खालहरु भत्काउन । प्रत्येक पल किन आज आफुप्रति आफैंलाई घृणाको नजरले हेर्न विवश छु ? के प्रेमको, मायाको अनि उनी संग मर्ने अनि वाच्ने कल्पनालाई उनको सामु प्रस्फुटित गर्नु मेरो गलत निर्णय हो ? नहुनु पर्ने तर हो, त्यो गल्ती गर्नु मेरो मुर्खता । भावनाको भवसागरमा डुवेर पौडिन नजान्नु मेरो विवसता हो ? त्यसैले त डुविरहेको घृणित अनि विश्वासको पर्खाल भत्काएर पनि आजसम्म यो मर्त्यलोकमा बाँची रहेछु । तर निश्चित छु मैले आफ्ना भावनाका विचारलाई नपोख्दा त केवल अन्तरहृदको ज्वारभाटासंग लर्डाई लडनु त थियो । आत्मियता र मित्रताको साङ्गलो कदाचित नटुट्ने थियो की ? उनीको मलाई हेर्ने दृष्टिकोण फरक नहुने पो थियो की ? मसंग डर थियो । भावनाको अभिव्यक्त बिहिन उभिदा कतै उनी पराइ पो हुने हुन की ? अनि झिनो आशा थियो । उनी पनि मेरो जस्तै भावनाको सागरमा पौडिरहेकी छिन की ? त्यसैले भावनाको उजागरमा विवश भएँ । हो प्रेम केवल प्राप्ति होइन, इश्वर मानवले देखेको छैन, तर एकोहोरो प्रार्थना गरिरहेको छ । त्यो उसको आस्था हो । म आज चोइटिएका हृदय लिएर पनि उनिसंग भौतिक रुपमा टाढा भए पनि भावनात्मक रुपमा आफैंसंग सम्हालेको छु । जीवनको कसै प्रति आसक्ति प्रेम एक पल्ट हुन्छ । मैले जीवनको यो मोडमा आएर प्रेम गरें त्यसमा पश्चाताप छैन । अनि उनीलाई पाउन सकिन त्यसमा उनीको कुनै दोष छैन र दोष दिने गर्दिन पनि । तर असिमित, अपार अनि अनन्त माया उनीलाई जीवन भर गर्ने छु । किन की माया लिनु र दिनुको हिसाव किताव त होइन । यो त केवल दिनु , दिनु अनि मात्र दिनु हो । मन्दिरको पूजारी पुर्ण जीवन मन्दिरमा बिताउँछ । तर प्राप्ति शुन्य, ज्योतिषले हरेकको भविष्यवाणी बताउछ, तर उसको भविष्य अनिष्चित छ किनकी यो सृष्टिको संरचना हो । त्यसैले म तिम्रो भविष्य सुखमय वितोस भनि म कामना गर्दछु । तिम्रा सोचहरु, लक्ष्यहरु पुर्ण होउन अनि मेरो अभिव्यक्तिले तिम्रा हृदय चिरा चिरा भएको छ भने, माफ गर । मेरो अभिव्यक्ति तिम्रो बिखण्डनकोलागि थिएन । अनि मेरो अभिव्यक्ति हाम्रो मित्रताको तित्तताकोलागि थिएन, अनि मेरो अभिव्यक्ति हाम्रो मित्रताको दर्बिलो साथको विभेदकोलागि थिएन । त्यो ल केवल भावनाको उजागरकोलागि थियो । त्यो कतै भविष्यको मोडमा क्षितिजमा उभिएर मुक दर्शक नबनि जीवन भरकालागि थियो । यसलाई अन्यथा किन लिनु र यो त सृष्टिको रित हो ।
आज पाउनु अनि भोली गुमाउनु तर माया नपाय पनि मेरो हृदय चोइटिएर हजारौ टुक्रा भएपनि मेरा जीवनको गोरेटो असफल भएपनि मित्रताको सुमधुर प्रत्येक पल, प्रत्येक निमेष तिमी संग मित्रताको सम्बनधमा गासिने छु । त्यो मित्रताको लक्ष्मण रेखालाई कदाचित तोड्ने छैन । किनकी म चोइटिएको हृदय हुँ, जति चोट परेपनि सदा सम्झी श्रदा चढाँउने छु । मेरो भविष्य दुखद भएपनि तिम्रो सफलताको कामना गर्दछु । लेखक: निमेष गिरी | horizon _182002@yahoo.com |
||||
|
||||