Home | NepalNews | Sports | WorldNews | Archive | Diaspora | Literature | Broadband | Awareness | Solutions | Careers | Feedback | Contact
 
News From NRN
   
 
कतारवासी इलामेलीहरुको नयाँ बर्ष
 
 

27-April-2008
enepalionline.com | NRN-Qatar|

सरोज वास्तोला र मनोज वस्नेत
--------------------------------

गर्मी मौसमको सुरुवात सँगै कतारवासी इलामेलीहरुले वनभोज कार्यक्रम सम्पन्न गरेका छन् ।

वाह्रै महिना वनभोजमा रंगिने इलामका इलामेलिहरुले कतारमा पनि २५ अप्रिलका दिन कतारको अल्खोर स्थित गार्डेनमा आयोजना भएको वनभोजमा नयाँ वर्ष २०६५ को शुभकामना आदान प्रदानका साथै एक-अर्कामा परिचयात्मक कार्यक्रम पनि भव्यताका साथ सम्पन्न भएको थियो। एकसय पचास जना इलामेली र विस-पचिस जना गैर इलामेलीहरुको पनि उपस्थिति भएको थियो । त्यस्तै छिमेकी जिल्ला पाँचथर सेवा समाजका सचिव हरिज्वला घिमिरे, ताप्लेजुङ्ग सेवा समाजका अध्यक्ष डिल्ली खरेल, धनकुटाकी श्रीमती भावना महत, नेपाल कतार पत्रकार संघका राइ रमेश र सरोज वास्तोला पनि उपस्थिती रहेको थियो ।

सो कार्यक्रममा चेली भावनाद्वारा केक काटेर कार्यक्रमको उद्घाटन गरिएको थियो भने इलाम सेवा समाजका उपाध्यक्ष साम चौहानद्वारा औपचारिक कार्यक्रम सुरु गरिएको थियो । सो कार्यक्रममा गोलमेचद्वारा गोला प्रथा गरि सम्पुर्ण उपस्थितीहरुलाई आ-आफ्ना नाम परेको काम गर्नै पर्ने प्रबन्धले अझ रोचक तथा उत्साह वनाएको थियो ।

नेपाल कतार पत्रकार संघका राइ रमेश गाउँलेले मिठो समाचार सुनाएर सबैलाई भाबुक बनाएका थिए । संस्थाका अध्यक्ष समिर गुरुङ्गद्वारा अब चाँडैनै इलाममेली समाजको साधारण सभा गर्राई गराउने र जिल्लाका पर्यटकिय स्थलहरुमा संस्थाका तर्फाट रचनात्मक कार्यहरु गर्ने कुराको जानकारी दिदै कतारमा रहेका सवै संस्थाहरु संगै हातेमालो गर्दै अगाडि वढ्ने योजना संस्थाको रहेको धारणा पनि औपचारिक रुपमा जानकारी गराएका थिए ।

 
Server Update Time:27-04-08 | 01:30 PM - GMT +4:00

All Rights Reserved © 2007 E-nepali News Network
Site Best viewed with 1024X768 pixels & IE 6+ | FireFox 2+

Site has been visited : stimes since Jan 2007.