Home | NepalNews | Sports | WorldNews | Archive | Diaspora | Literature | Broadband | Awareness | Solutions | Careers | Feedback | Contact
 
News From NRN
   
 
डोल्मा शेर्पाको जीवन रक्षका लागि अपिल जारी
 
 

19-February-2008
enepalionline.com | NRN-Qatar|

बिलबहादुर गुरुङ
--------------------------------

कुवेतको अदालतले मृत्यू डण्डको सजाय सुनाईएकी नेपाली चेली श्रीमति डोल्मा शेर्पाको जीवन रक्षाका लागि सहयोग गर्न नेपाल प्रवासी आदिवासी जनजाति महासंघ कतारले एक प्रेष विज्ञप्ती मार्फ अपिल गरेको छ ।

मृत्यू डण्डको सजाय आफैमा मानवअधिकारको सामान्य स्थापित शिद्धान्त विपरित हो भन्ने हाम्रो मान्यता रहेको छ । त्यसैले श्रीमति शेर्पाको जीवन रक्षाको आवश्यक पहल गर्न नेपाल सरकारसंग जोडदार माग गर्दै मानवअधिकार संघ संस्थाहरुमा आवश्यक सहयोगको लागि अनुरोध गर्दछौं भनी महासंघका अध्यक्ष अमृत गुरुङद्वारा हस्ताक्षरीत उक्त विज्ञप्तीमा भनिएको छ । हालै नेपाल सरकार परराष्ट्र मन्त्रालयले श्रीमति शेर्पाको जीवन रक्षाको लागि कुवेतको अदालतमा पुनरावेदन गर्न आवश्यक पर्ने आर्थिक संकलनका लागि देश विदेशमा रहनु भएका सबै नेपालीहरुलाई सहयोगको लागि गरेको आवहृान प्रति कतारमा कार्यरत सम्पूर्ण नेपालीहरुलाई आवश्यक सहयोग गर्न हार्दिक अपिल गर्दछौं भन्दै विज्ञप्तीमा भनिएको छ ।

 
Server Update Time:19-02-08 | 08:58 PM - GMT +4:00

All Rights Reserved © 2007 E-nepali News Network
Site Best viewed with 1024X768 pixels & IE 6+ | FireFox 2+

Site has been visited : stimes since Jan 2007.