| Home | NepalNews | Sports | WorldNews | Archive | Diaspora | Literature | Broadband | Awareness | Solutions | Careers | Feedback | Contact |
||||
|
||||
|
||||
03-March-2008 बिल गुरुङ -------------------------------- कुवेतको तल्लो अदालतले एक फिलिपिनी महिलाको हत्याको अभियोगमा मृत्यू डण्डको सजाय सुनाईएकी नेपाली चेली श्रीमति डोल्मा सेर्पाको जीवन रक्षाको लागि आवश्यक रकम संकलन कार्यमा सहयोग गर्नको लागि गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतारले संघका अध्यक्ष कमल मणी गुरागाइको संयोजकत्वमा ३१ सदस्यीय "डोल्मा सेर्पा बचाउ समिति-कतार" गठन गरेको छ । समितिका सदस्यहरुमा दिलकिरण खजुम, नरेन्द्र भाट, के.बि.हमाल, बिलबहादुर गुरुङ, क्रान्ति सिंह, मोहम्मद साकिर अलि, पदम बि.क., छत्र घले मगर, होमनाथ पौडेल, नारायण खनाल, बिमल सुवेदि, बिरेन्द्र साह, अर्जुन खड्का, सुनिता पाण्डे, युवराज पाठक, अमृत गुरुङ, रामहरी गैरे, चुडामणी कार्की, कुमार कार्की, गुरुनारायण रानाभाट, धर्मदत्त लामिछाने, लक्ष्मी गुरुङ, हरी कुमार बस्नेत, दमन बिक्रम शाह, द्रोण बस्नेत, ललित बाबो, भुपति भट्टराइ, बिरेन्द्र कुमार याक्थुम्बा, तिलक सापकोटा र बुधबल गुरुङ छन् । कतारमा स्थापित विभिन्न संघ संस्थाहरु र समाजसेवीहरुलाई समितिको तर्फबाट संयोजकद्वारा हस्ताक्षरीत एक अपिलका साथमा सहयोग संकलन फारम वितरण गरिएको जानकारी प्राप्त भएको छ । कतारमा कार्यरत विभिन्न सामाजिक संघ संस्थाहरुको नेतृत्व तहमा रहेका समाजसेवीहरुको सहभागितामा यो समिति गठन भएकोले डोल्मा सेर्पाको सहयोगमा उल्लेख्य रकम संकलन हुन सक्ने कुरामा संयोजक कमल मणी गुरागाइ विश्वस्त छन् । कतारवासी नेपाली दाजुभाई तथा दिदीबहिनीहरुलाई सम्बोधन गरि प्रकासीत गरिएको एक अपिलमा नेपाल सरकार परराष्ट्र मन्त्रालय र एनआरएनए-आइसीसीले देश विदेशमा रहेका नेपालीहरुलाई गरेको आवहृान प्रति एक्यवद्धता जनाएको छ । मानवीय सम्वेदना र नेपालीले नेपालीलाई सहयोग गर्नु पर्ने कर्तव्यको बोध गर्दै कतारमा कार्यरत सम्पूर्ण नेपालीहरुलाई आवश्यक सहयोग गर्न हार्दिक अपिल गर्दछौं अपिलमा अगाडी भनिएको छ । समस्या जुनसुकै र जहा“सुकैको नेपालीलाई परेको होस, त्यसको समाधानको लागि कतारबासी नेपालीहरुले सदैव आफ्नो क्षमताले भ्याएसम्म सहयोग गर्दै आएको विभिन्न उदाहरणहरु हाम्रा सामु छन् भन्दै अपिलमा भनिएको छ - एउटा नेपाली चेलीको जीवन रक्षाको लागि आर्थिक संकलन कार्यमा यहाहरुको सहयोगको अपेक्षा राख्दछौं । |
||||
|
||||
|
||||