| Home | NepalNews | Sports | WorldNews | Archive | Diaspora | Literature | Broadband | Awareness | Solutions | Careers | Feedback | Contact |
||||
|
||||
|
||||
29-JUN-2009 यमलाल पराजुली, बहराइन, ========================== प्रवासी मेची काली जन सेवा मञ्च बहराइनले बहराइनमा कार्यरत नेपाली साहित्यकारहरुको खोजी तथा जगेर्ना गर्नका साथै साहित्यकारहरुलाई हौसला बढाउने उद्देश्यले नेपाली क्लब बहराइनको सभा हलमा यहि २६ जुन २००९ का दिन एक कविता प्रतियोगिता मञ्चका अध्यक्ष श्री दीपक बस्यालको सभापतित्वमा सम्पन्न गरेको छ ।
१९ जना कविहरुले सहभागी जनाउनु भएको उक्त प्रतियोगिता अति नै रोचक थियो । प्रतियोगिताको निर्णायकहरुमा सुर्यप्रकाश राइ, दुर्गा मोक्तान र उपेन्द्र कोइराला हुनुहुन्थ्यो । निर्णायक मण्डलीको निर्णय अनुसार श्री देवीलाल डुम्रे "नेपाली जन प्रगतीसिल मञ्च", श्री दिनेश थापा "नेपाली जन प्रगतीसिल मञ्च" र श्री हरिबहादुर कार्की "खोटाङ्ग जन कल्याण समिति" क्रमशः पहिलो, दोश्रो र तोश्रो हुनुभएको थियो भने बुद्धीराज राइ "भोजपुर हातेमाले समिति", उमेश थापा "खोटाङ्ग जन कल्याण समिति", गणेश रानामगर "एकल", पलायन जी राइ "ज्यामी", र लिकेन्द्र क्यापछाने मगर "मगर संघ" लाई सान्तवना पुरस्कार प्रदान गरिएको थियो । साथै सोहि प्रतियोगिताको अवसर पारेर मञ्चले त्रैमासीक पत्रिका -प्रवासी आवाज) को पनि बिमोचन गरेको छ । बहराइन स्थित बिभिन्न संघ-संस्थाहरुका प्रतिनिधिहरुको उपस्थित रहेको उक्त कार्यक्रमलाई श्री डबेन्द्र तीरुवाले सञ्चालन गर्नु भएको थियो । |
||||
|
||||
|
||||