| Home | NepalNews | Sports | WorldNews | Archive | Diaspora | Literature | Broadband | Awareness | Solutions | Careers | Feedback | Contact |
||||
|
||||
|
||||
01-JULY-2009 इनेपालीअनलाइन डटकम सम्वाददाता भारतिय सत्ताबाट नेपालको सीमानामा बारम्वार भएको हस्तक्षपका साथै नेपालको आर्थिक सामाजिक तथा राजनीतिक क्षेत्रमा भारतीय सरकारको गलत मनासयबाट चासो बढाउदै जानु नेपालको सार्वभौम माथिको ठाडो हस्तक्षप हो । कुन पनि खालको बैदेशीक हस्तक्षप हुदां संसारको जुनसुकै कुनामा रहेका कुन पनि राष्ट्रवादी नेपालीले विरोध नगरी बस्न सक्दैन ।
नेपाली जनप्रगतीशिल मञ्च बेल्जियमको आयोजनामा बेल्जियम स्थीत भारतीय दूतावसमा यहि ३० जुन २००९का दिन विरोध प्रर्दशन गरेको छ । दिउसो दुइ बजेबाट भएको बिरोध प्रर्दशनमा उपस्थीत जनसमुदायले भारतीय हस्तक्षप बिरुद्धको प्लेकार्ड बोकी आक्रोसपुर्ण नारा लगाएका थिए । मोर्चाका अध्यक्ष बिष्णु भुजेल उपाध्यक्ष चित्र सुवेदी र मगरात मुक्ति मोर्चाका जिल्ला सदस्य बिरमान र्घर्ति मगरको टोलीले भारतका प्रधानमन्त्रि मोनमोहन सिहलाई सम्बोधन गरी बेल्जियम स्थीत भारतीय दूतावासमा दुतावसका प्रथम सचिवलाई ज्ञापन पत्र पढेर सुनाई बुझाएका थिए । ज्ञापन पत्र बुझ्दै भारतीय दूतावासका प्रथम सचिवले यथासक्दो चाँडो सो ज्ञापनपत्र भारत सरकार समक्ष पु-याउने प्रतिबद्धता गरेका थिए । नेपाली थारु समिती -यूरोपका संयोजक सोमनारायण थारु, नेपाली लोकतान्त्रिक गणतान्त्रिक मोर्चा -बेल्जियमका अध्यक्ष कृष्ण तिवारी, नेपाली प्रगतीशिल महिला मञ्च-बेल्जियमकी महासचिव सुसिला भुजेलले भारतीय हस्तक्षपको कडा शब्दमा बिरोध गर्दै भारतिय सरकारले सारीएका पिलरहरुलाई पुरानो ठाँउमा कायम गर्न भारतीय सरकारबाट भएको सबै खाले हस्तक्षप बन्द गर्न माग गर्नु भयो । कार्यक्रममा नेपाली जनप्रगतीशिल मञ्च-बेल्जियमका अध्यक्ष बिष्णु भुजेलले यदी भारतिय हस्तक्षप बन्द भएन भनेे सम्पूर्ण यूरोपबाट बिसाल जनसमुदाय लिएर हप्तौ सम्म आन्दोलन गर्न मोर्चा तयारी रहेको बताउनु भयो । |
||||
|
||||
|
||||