| Home | NepalNews | Sports | WorldNews | Archive | Diaspora | Literature | Broadband | Awareness | Solutions | Careers | Feedback | Contact |
||||
|
||||
|
||||
26-JUN-2009 इनेपालीअनलाइन डटकम सम्वाददाता एकीकृत नेकपा माओबादीका सचिवालय सदस्य तथा जनमुक्ती सेना नेपलका अध्यक्ष क. पासाङ्ग र एकीकृत नेकपा माओबादीका पोटिब्यूरो सदस्य तथा जनमुक्ती सेना नेपलका डीपुटी कमाण्डर क.बलदेब जर्मनिको एक हप्ताको कार्यक्रममा भाग लिई बेल्जियम आई पुग्नु भएको छ ।
जनदीशा दैनिकका यूरोप प्रतिनिधी दधिराज घिमिरेसंग यूरोप भ्रमणको बारेमा जिज्ञासा राख्दै भ्रमणमा जर्मनीमा पुर्वी जर्मनी र पश्चिम जर्मनीको एकीकरण पछी सेनालाई कसरी समायोजन गरीएको थियो भन्ने बिषयमा अन्तरकृयाहरु भएको जानकारी दिदै पुर्वी जर्मनी र पश्चिम जर्मनीका भुतपुर्व सैन्य जनरलहरु र बहालवाला सैन्य जनरलहरु सगं छलफल भएको र छलफल अत्यन्त उपलब्धी मुलक भएको बताउनु भयो क.द्वयले । कमाण्डरद्धय अनिवार्य सैनिक संबन्धि कार्यक्रममा सहभागी हुनुका साथै जर्मनीमै प्रतिरक्षा सम्बन्धी हेडक्वाटरमा भएको गोष्टीमा भाग लिनु भएको थियो । साथै आर्टीलिर कलेज संबन्धि जानकारी लिदै उहाहरुले जर्मनीको वर्न सहरमा आयोजना गरीएको आर्थिक साहयता तथा सहयोग मन्त्रालयका पदाधीकारीहरु सग छलफल भएको जानकारी दीनु भयो । जर्मनीमा रहेको सैन्य सग्रालयमा भ्रमण गर्दै जिटीजेडको अन्तराष्ट्रिय सेमिनारमा पनि भाग लिनु भएको थियो क.द्वय । बेल्जियममा स्थित नेपाली जनप्रगतीशिल मञ्च बेल्जियमको आयोजनामा जुन २८ मा नेपालको समसामाहिक बिषयमा हुने अन्तरकृया कार्यक्रममा भाग लिनइ कमाण्डरद्धयहरु ३० जुनमा नेपाल र्फकने कार्यक्रम रहेको बुझिएको छ । |
||||
|
||||
|
||||