| Home | NepalNews | Sports | WorldNews | Archive | Diaspora | Literature | Broadband | Awareness | Solutions | Careers | Feedback | Contact |
||||
|
||||
|
||||
30-JUN-2009 पुरुशोत्तम सुबेदी
यहि २८ जुन २००९ शनिवारका दिन वेल्जियममा नेपाल फेस्टिवल (मेला) २००९ सम्पन्न भएको छ । ब्रसेल्स स्थित सिन्ट क्याथरीन पार्कमा सम्पन्न उक्त फेस्टिवल वेल्जियम स्थित नेपाली दूतावासको अग्रसरतामा वेल्जियममा स्थित विभिन्न १४ वटा नेपाली संघसस्थाले संयूक्त सहयोग पु-याएका थिए । सहयोग गर्ने संघसस्थाहरुमा एनआरएनए एनसीसी वेल्जियम, नेपाली लोकतान्त्रिक मञ्च वेल्जियम, जनप्रगतीशिल मञ्च वेल्जियम, जनसम्पर्क समिति वेल्जियम, नेपाली व्यवसायीक संघ वेल्जियम, विश्व मगर संघ, पासा जुच, तमु समाज, साग्रिला समाज, सेर्पा समाज, मोना वेल्जियम, तामाङ्ग समाज, अन्तराष्ट्रिय नेपाली साहित्य समाज वेल्जियम र एनडिएफ वेल्जियम थिए ।
नेपालका हस्तकला, चीया, कफि, हर्वल उत्पादन, नेपाली खानेकुरा, तयारी पोशाक, साँस्कृतिक कार्यक्रम तथा पर्यटन प्रवर्द्धानत्मक सामाग्रीहरु लगाएत कार्यक्रमहरु प्रस्तुत गरिएको सो मेलामा नेपाल - बेल्जियम - स्पेन र हल्यान्ड गरी चार देसका मानिसहरुले प्रत्यक्ष भाग लियका थिए । |
||||
|
||||
|
||||