Home | NepalNews | Sports | WorldNews | Archive | Diaspora | Literature | Broadband | Awareness | Solutions | Careers | Feedback | Contact
 
News From NRN
   
 
एकिकृत नेकपा माओबादीको नेतृतवको सरकारको माग अहीले नेपाली जनताले गरिरहेका छन - क. पासाङ्ग
 
 

30-JUN-2009
enepalionline.com | NRN - Belgium |

इनेपालीअनलाइन डटकम सम्वाददाता
==========================

संविधान सभाको निर्वाचन पछी नेकपा माओवादी सबै भन्दा ठुलो पार्टी भए पनि सरकार निर्माणमा ठुलो संघर्ष गनु पर्यो र सरकार निर्माण भए पछी पनि सरकारमा सहभागी एमालेले सरकार भित्रैबाट प्रतिपक्षको भुमिका निभाउनुले पनि नेपाली जनताले सोचे जस्तो नेपाल अगाडी नबढेको बताउनु एकिकृत नेकपा माओवादिका पोलिटव्यूरो सदस्य नन्दकिसोर पुन क. पासाङ्गले यहि २८ जुन २००९ कादिन जनप्रगतिशिल मञ्च वेल्जियमलले आयोजना गरेको नागरीक सवोच्चता, नयाँ संबिधान निर्माण र सेना समायोजन संबन्धि अन्तरक्रिया कार्यक्रममा बताउनु भयो ।

 

अहिले नेपालमा नागरीक सर्बोच्चताको बिषय प्रमुख रुपमा अगाडी आएको छ । जनताको प्रतिनिधीले बहस गर्ने थलो भनेको संबिधान सभा हो तर जनताको सर्बोच्चताको बिषयलाई प्रबेश नदिएर चुनावको औचित्य माथि नै प्रश्न चिन्ह खडा भएको छ । हामी प्रतिपक्ष पनि होइनौ र वर्तमान सरकार बैधानिक सरकार नभएर कठुतली सरकार हो । हामीले यो सरकारलाई मान्यता दीनै कुरै आउदैन । अहिलेको सरकारलाई तत्काल खारेज गरी एनेकपा माओबादीको नेतृतवको सरकारको माग अहीले नेपाली जनताले अत्यन्त जोडतोडका साथ उठाएका छन । संबिधानको निर्माण, सेना समायोजन प्रकृया नङ्ग र मासु जस्तो जोडीएको छ । नेपाली सेनामा पनि अधिकांस सेनाहरु एउटै सेना बनाउने कुरामा सकारत्मक रहेका तर केहीले ति बिषयलाई दवाएका छन भनेर बताउनु भयो क. पासाङ्गले ।

अनिवार्य सेनामा जोड दिदै नेपाल जस्तो देशमा अनिवार्य सेनाको आवश्यक छ । अनिवार्य सेनाको बिषयलाई नेपाली जनताको बिचमा लिएर जान सक्ने एनेकपा माओवादी बहेक अरु नेपालका कुनै दलमा यो खालको धाराणा तथा दम छैन् । एनेकपा माओवादीले अनिवार्य सेनाको अवधारणालाई दह्रोसंग लागु गर्ने छ । एनेकपा माओवादी शान्ति प्रकृया र नेपाली जनताको मुक्तिकालागी निरन्तर लडीरहने छ । सबै पर्टीमा राष्ट्रवादीहरु भएका तर ति पार्टीले लिएको बिचार गलत भएकोले तिनीहरुले नेपाली जनताको मुक्ति गर्न नसक्ने बताउनु क. पासाङ्गले ।

त्यस्तै एनेकपा माओबादीका पोलिटब्यूरो सदस्य तथा जनमुक्ति नेपालका डिपुटी कमाण्डर क. बलदेबले यूरपमा आएर तपाईहरुले गर्नु भएको बहस उच्च चेताना र नेपाली जनताको मुक्तिको लागी भएको बताउनु भयो । यस संगठनले नेपाली जनताको मुक्तिकालागी गरेको योगदान हाम्रो पार्टी र नेपाली जनताले उच्च मुल्यकन गरेको बताउनु भयो । नेपालमा बिचार बिहीन भएका पार्टीहरु जनताको बिश्वास गुमाए पछी बिदेशीको बल बुताको साहारा लिएर टीकेका छन । बिगतमा सरकारमा नेकपा एमालेले बिकाष निर्माण देखी राष्ट्रियताको प्रश्नमा पनि बिपक्षीको भुमिका निर्वाहा गर्नुले बामपन्थीको नैतिकताबाट पतन भएको प्रश्ट देखियो । कटुवाल प्रकरणले नेपालका दलहरु मात्र नभएर भारत समेत दुइ खेमामा बिभाजित भएको बताउन भयो ।

एनेकपा माओबादीले उठाएको नेपाली जनताको सर्वोच्चताको प्रश्नमा अरु दलहरु कुनै पनि मागमा प्रबेश सम्म नगरेको अहिलेको सवालमा एनेकपा माओबादीले बाहेक राज्यको पुन संरचना संघिय राज्य प्रणाली अरु कुनै पर्टीले संबोधन गर्न नसक्ने बताउनु भयो । कुनै पनि यूद्ध बिचार बिना भयो भने समाप्त हुने छ । जातिय यूद्धलाई बर्गिय यूद्ध सगं जोडेर जातिय मुक्तिको लागी लडन पर्ने बताउनु भयो । हाम्रो पार्टीको राजनैतिक निती र एजेण्डा बाहेकको कार्यक्रमले नेपालको बिद्यामान समस्यको सामाधान नहुने बताउनु भयो । अहिले राष्ट्रपतिलाई अगाडी सारेर संबिधान सभा भङ्ग गर्ने भारतीय योजनामा रहेको दाबी गर्नु भयो । यो परीस्थीमा तपाईहरु प्रवाशमा बस्ने सम्पूर्ण राष्ट्रवादी नेपालीहरु हिजोका दीनमा जस्तै आउने दीनमा पनि राष्ट्रिय हीतको संरक्षणकोलागी सदैब संघर्रत रहनु हुनेछ भन्ने विश्वास लिएको बताउनु भयो ।

 
Server Update Time: 29-06-09 | | 11:59APM - GMT +5:45

All Rights Reserved © 2007 E-nepali News Network
Site Best viewed with 1024X768 pixels & IE 6+ | FireFox 2+

Site has been visited : stimes since Jan 2007.