| Home | NepalNews | Sports | WorldNews | Archive | Diaspora | Literature | Broadband | Awareness | Solutions | Careers | Feedback | Contact |
||||
|
||||
|
||||
10-DEC-2009 _____________________________ रुकुम जिल्लामा कार्यरत नेपाल पत्रकार महासंघकी केन्द्रिय पार्षद टीका विष्टमाथि गरिएको सांघातिक हमलाको प्रवासी नेपाली पत्रकार संजालले एक विज्ञप्ति प्रकाशित गरि मर्माहत तुल्याएको छ । सञ्जालका सचिव कुमार कार्कीद्वारा प्रेषित उक्त विज्ञप्तिमा भनिएको छ, नेपाल पत्रकार महासंघकी केन्द्रीय पार्षद तथा रुकुम जिल्लामा कार्यरत पत्रकार टिका विष्टमाथि गरिएको सांघातिक हमलाको खवरले सम्पूर्ण प्रवासी नेपाली पत्रकारहरुलाई मर्माहत तुल्याएको छ । संचारकर्मीमाथि यसरी वर्वर तथा अमानविय सांघातिक रुपमा भएको हमलाले नेपाली संचार जगतलाई कमजोर वनाउन खोजिएको महशुस गरिएको छ । तथ्य समाचार लेखेको भरमा एक संचारकर्मी माथि गरिने यस खालका कृयाकलापले नागरिकको सुसुचित हुने अधिकारमाथि नै खेलवाड भएको महशुस हामीले गरेका छौं । संचारकर्मी विष्टमाथि भएको यो कायरतापूर्ण घटनाको निन्दा एवं घोर भर्त्सना गर्दै दोषिलाई कडाभन्दा कडा कार्वाही गरि पीडित पत्रकार विष्टको उपचार तथा क्षतिपूर्ती उपलव्ध गराउनका लागि नेपाल सरकारलाई प्रवासी नेपाली पत्रकार संजाल हार्दिक अनुरोध गर्दछ । |
||||
|
||||
|
||||