Home | NepalNews | Sports | WorldNews | Archive | Diaspora | Literature | Broadband | Awareness | Solutions | Careers | Feedback | Contact
 
News From NRN
   
 
दुबइबाट कतार जादै गरेको पानी जहाज डुब्यो, १२ नेपाली हराए
 
 

02-JULY-2009
enepalionline.com | NRN - Belgium |

कुमार कार्की, दोहा - १ जुलाई
==========================

दुवइवाट कतारको दोहाकालागि हिंडेको पानी जहाज समुद्रमा हराए पछि त्यसमा सवार १२ नेपालीको अवस्था अज्ञात रहेको छ ।

कतारको अंग्रेजी दैनिक गल्फ टाइम्सले जुलाइ १, २००९ मा छापेको समाचार अनुसार ३० जुन दुवइवाट कतारकालागि हिंडेको पानी जहाज सम्पर्क विहिन भएर हराइरहेको छ । पानी जहाजमा सवार ३५ जना मध्ये २४ जना कतारको एच. वि. के. कम्पनिमा कार्यरत कामदार रहेका थिए भने वाँकि ९ जना जहाजका स्टाफ तथा २ जना एक क्याटरिङ्ग कम्पनिमा कार्यरत कामदार रहेको कुरा उल्लेख गरिएको छ ।

हराइरहेका २९ जना मध्ये १२ जना नेपाली, ११ जना भारतिय र १ जना वंगलादेशी रहेको कुरा कतारको एच. वि. के. कम्पनिका एक अधिकारीले जनाएका छन् । ३० जुन अवेर राति सम्म गरिएको खोजिका क्रममा ६ जनालाई जिवित उद्दार गरिएको छ । उद्दार गरिएका सवैलाई सामान्य उपचार पछि कम्पनिको आवासमा फर्काइएको छ ।

श्रोतका अनुसार घटना पश्चात कतार एयर फोर्स, आकस्मिक स्वास्थ्य सेवा लगायतले खोजी कार्यलाई तिब्र तुल्याएका छन् । आकस्मिक स्वास्थ्य सेवामा प्रयोग गरिने हेलिकोप्टर प्रयोग गरिएको थियो।

यस विषयमा कतारका लागि नेपाली राजदुत डा. सूर्यनाथ मिश्रसँग १ जुलाइ विहान ९ः२५ मा सम्पर्क गर्दा उक्त घटनाको वारेमा आधिकारिक सुचना प्राप्त नभएको जनाएका छन् । कतारकालागि भारतीय राजदूतलाई उद्घृत गर्दै एक श्रोतले जनाए अनुसार उक्त जहाजमा सवार मध्ये १९ जना भारतिय नागरिक रहेको र वाँकि अन्य नेपाली, वंगलादेशी र इन्डोनेशियन रहेको जनाईएको छ ।

 
Server Update Time: 01-07-09 | | 11:59 PM - GMT +5:45

All Rights Reserved © 2007 E-nepali News Network
Site Best viewed with 1024X768 pixels & IE 6+ | FireFox 2+

Site has been visited : stimes since Jan 2007.