| Home | NepalNews | Sports | WorldNews | Archive | Diaspora | Literature | Broadband | Awareness | Solutions | Careers | Feedback | Contact |
||||
|
||||
|
||||
29-JUN-2009 इनेपालीअनलाइन डटकम सम्वाददाता २६ जुनमा दोहा स्थित ढाका रेष्टुराँमा गोरखा प्रवासी संघ कतारको पाँचौ साधारण सभासम्पन्न भएको छ । कतारवासी गोरखालीहरुको साझा संस्था गोरखा प्रवासी संघ कतारको अध्यक्षमा श्रीकृष्ण भट्टराइ निर्विरोध निर्वाचित हुनु भएको छ । निर्वाचित हुने अन्य सदस्यहरुमा प्रथम उपाध्यक्ष आशबहादुर गुरुङ, द्धितिय उपाध्यक्ष रेशमदिन मियाँ, सचिव गणेश बानियाँ, कोषाध्यक्ष इमानबहादुर लामिछाने, सहसचिव सुनबिर सुनार, सहकोषाध्यक्ष दिपक अधिकारी, सदस्यहरुमा कोपीनाथ दवाडी, ज्ञानेन्द्र प्रसाद अम्गाइ, राजेश्वर ढकाल, कृष्णबहादुर खड्का, सुदर्शन भट्ट, तृष्णा पोखरेल, नातिकाजी मियाँ, जलिल खान हुनुहुन्छ ।
नेपाली राजदूतावासका प्रथम सचिव रामकाजी खड्का प्रमुख अतिथी रहनुभएको सो कार्यक्रममा एनआरएनए आइसीसीका कतार प्रतिनिधि टि. बि. कार्की, गोरखा समाज युकको पूर्व अध्यक्ष अशोक श्रेष्ठ, गोरखा प्रवासी संघका संस्थापक अध्यक्ष बिरबहादुर थापा, एनआरएनए एनसीसी कतारका प्रथम उपाध्यक्ष अजिजुर रहमान शेख, प्रवासी नेपाली सम्पर्क मञ्च कतारका रामहरी गैरे, गोरखा प्रवासी मुस्लीम समाजका रेशमदिन मियाँ, खोटाङ्ग युवा जागृति सेवा समाजका हरिकुमार बस्नेत, नेपाली व्यवसायी संघका उमेश अधिकारी, तमू बौद्ध सेवा समाजका लक्ष्मी गुरुङ्ग, लम्जुङ्ग सम्पर्क समितिका बिष्णुबहादुर बिष्ट, नबोदित साहित्य वाचनालयका भोजराज श्रेष्ठ, नेपाली जन सम्पर्क समितिका शिव थापा, कतार नेपाली एकता समाजका अर्जुन थापा, प्रवासी मुस्लीम सेवा समाजका शाहिद अलि, गोरखाली अनलाइन डटकमका बुधबल गुरुङ, राजधानी अन्ताष्ट्रिय साप्ताहिकका दिपक पौडेल, कान्तिपुर साप्ताहिकका श्यामसुन्दर शशीआदि लगाएतका अन्य कतारमा रहेका प्रवासी नेपालीहरुको उपस्थित रहेको थियो । बन्द सत्रमा संस्थाको वार्षिक प्रगति प्रतिवेदन अध्यक्ष श्रीकृष्ण भट्टराइले, कोषाध्यक्ष शिवराज भट्टराइले आर्थिक प्रतिवेदन र संस्थाको संसोधित विधान सचिव गणेश बानियाँले पेश गर्नुभएको थियो । अध्यक्ष श्रीकृष्ण भट्टराइको अध्यक्षतामा भएको सो कार्यक्रमलाई सचिव गणेश बानियाँले संचालन गर्नुभएको थियो । यसै समारोहमा गत ५ जुनमा मनकामना सांस्कृतिक परिवारद्धारा आयोजित "मनकामना रमाईलो साँझ २००९" का कलाकारहरुलाई प्रमाणपत्र तथा उपहार पनि प्रदान गरिएको थियो । संस्थामा उल्लेखनिय सहयोग गर्ने सदस्यहरुको कदर गर्दै संस्थाले संस्थापक अध्यक्ष बिर बहादुर थापालाई कदर पत्रद्धारा सम्मान गरिएको थियो । |
||||
|
||||
|
||||