Home | NepalNews | Sports | WorldNews | Archive | Diaspora | Literature | Broadband | Awareness | Solutions | Careers | Feedback | Contact
 
News From NRN
   
 
वर्न स्थित भारतीय दूतावासमा विरोध प्रर्दशन, प्रम सिंहलाइ ज्ञापन पत्र
 
 

02-JULY-2009
enepalionline.com | NRN - Switzerland |

इनेपालीअनलाइन डटकम सम्वाददाता
==========================

भारतीय सिमा अतिक्रमणको बिरोध गर्दै स्विट्जरल्यान्डको बर्न स्थित भारतीय दूतावास अगाडि नेपाली ऐक्यबद्दता मञ्च (नेसोफ स्विस) स्विट्जरल्यान्डले २९ जुन २००९ का दिन बिरोध प्रर्दशन गरेको छ । सिमा अतिक्रमण बन्द गर, राजनैतीक हस्तक्षेप बन्द गर, भारतीय विस्तारवाद मुर्दावाद, पीडितलाई क्षतीपुर्ती दे जस्ता नाराहरुका साथ प्ले कार्ड तथा व्यानरका साथ आधा घण्टा सम्म दूतावासको भवन अगाडि प्रर्दशन गरिएको थियो ।

 

नेपालको सार्वभौम माथी नाङ्गो हस्तक्षेप, सिमा अतिक्रमणको विरोधमा भारतका प्रधानमन्त्री मन मोहन सिंहलाई सम्बोधन गरी लेखिएको ज्ञापन पत्र दूतावासका कन्सुलरलाई पढेर सुनाइ हस्तान्तरण गरिएको छ । उक्त ज्ञापन पत्र बुभ्दै कन्सुलरले जती सक्दो चाँडो सम्बन्धित निकायमा पु-याउने प्रतिबद्धता व्यक्त गर्नु भएको छ ।

संगठनका अध्यक्ष अशोक चौलागाइ, महासचिव कमल केसी तथा केन्द्रिय सदस्य धनपति सापकोटाले भारतीय ज्यादतिको घोर विरोध गर्दै चर्को नारा लगाउनु भएको थियो ।

भारतीय दूतावासका कन्सुलर मार्फत प्रधानमन्त्रि सिंह समक्ष ज्ञापन गरिएको पत्र पढ्न यहाँ क्लिक गर्नुहोस

 
Server Update Time: 01-07-09 | | 11:59 PM - GMT +5:45

All Rights Reserved © 2007 E-nepali News Network
Site Best viewed with 1024X768 pixels & IE 6+ | FireFox 2+

Site has been visited : stimes since Jan 2007.