Home | NepalNews | Sports | WorldNews | Archive | Diaspora | Literature | Broadband | Awareness | Solutions | Careers | Feedback | Contact
 
News From NRN
   
 
यमनमा पनि एनआरएन गठन
 
 

27-JUN-2009
enepalionline.com | NRN - Yaman |

इनेपालीअनलाइन डटकम सम्वाददाता
==========================

गैर आवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद (एनआरएनए-आइसीसी) अन्तर्गत ५० औं राष्ट्रिय समन्वय परिषद -एनसीसी) बन्न पुगेको छ यमन गणत्रन्त्र । शुरेश भण्डारीको अध्यक्षतामा १९ जुन २००९ कादिन एनआरएनए-एनसीसी यमन गठन भएको छ । जसका अन्य पदाधिकारीहरुमा उपाध्यक्षद्वय हिउबहादुर तामाङ्ग र श्रूति झा, महासचिव भारती शर्मा पोख्रेल, सचिव नरेन्द्र सुनुवार, कोषाध्यक्ष अनिरना भण्डारी तथा सदस्यहरुमा डिल्लीराज अर्याल, दिलिपकुमार महर्जन, विजयराज भण्डारी र जयाश्री उप्रेति रहनु भएका छन् ।

आगामी अक्टोवर २००९ मा हुने आइसीसीको निर्वाचनमा कोषाध्यक्ष पदको उम्मेदवारीको समेत घोषणा गरिसक्नुभएका रामेश्वर शाह पनि उक्त कार्यक्रममा उपस्थित रहनुभएको जानकारी प्राप्त भएको छ ।

 
Server Update Time: 27-06-09 | | 11:59APM - GMT +5:45

All Rights Reserved © 2007 E-nepali News Network
Site Best viewed with 1024X768 pixels & IE 6+ | FireFox 2+

Site has been visited : stimes since Jan 2007.