Home | NepalNews | Sports | WorldNews | Archive | Diaspora | Literature | Broadband | Awareness | Solutions | Careers | Feedback | Contact
 
News From Nepal
   
 
बस दुर्घटनामा एकै परिवारका बाबु र छोरीको मृत्यु
 
 

27-April-2008
enepalionline.com |Nepal-East | Sachin Pokhrel

इटहरी, वैशाख १२ गते
==========================

पूर्व पश्चिम राजमार्ग अन्तरगत पर्ने सुनसरीको पकलीमा आज भएको बस दुर्घटनामा एकै परिवारका बाबु र छोरीको मृत्यु भएको छ ।

 


राजविराजबाट इटहरी तर्फआइरहेको स १ ख ४५५ नम्बरको यात्रुवाहक बसको ठक्करबाट को ४ प ४५०५ नम्बरको मोटरसाइकलमा सवार हासँपोसा गाविस वार्ड नम्बर २ बस्ने पुस्तकराज भट्टराइ तथा उहाँकी छोरी प्रतिक्षा भट्टराइको मृत्यु भएको हो । सो दुर्घटनामा नाम नखुलेका अर्का एक व्यक्ति घाइते भएका छन् । उनलाई उपचारार्थ वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा भर्ना गरिएको छ ।

दुर्घटना पश्चात् आक्रोशित समूहले मोटर साइकललाई ठक्कर दिई दुर्घटना गराउने सो यात्रुबाहक बसलाई जलाएर पूर्ण रुपले ध्वस्त पारिदिएका छन् । बसमा भएको आगजनीलाई नियन्त्रणमा लिन इटहरी नगरपालिकाको वारुणयन्त्र तथा ठुलो सख्यामा सुरक्षाकर्मी परिचालन गरिएको थियो ।

दुर्घटना पश्चात सो राजमार्गमा यातायात अबरुद्ध पारिएको छ । आक्रोशित समूहले बस चालकले लापर्वाही गरी मोटरर्साईकललाई ठक्कर दिएको तथा त्यस पश्चात पनि करिव एक किलोमिटरसम्म घिसारेर तत्काल घाइते भएकी प्रतिक्षालाई मारेको आरोप लगाइको छ । घटनास्थलमा नै गाडी रोकेको भए बाबु छोरी दुवैको मृत्यु नहुने उनीहरुको भनाई छ ।

 
Server Update Time: 27-04-08 | 01:29 PM - GMT +4:00

All Rights Reserved © 2007 E-nepali News Network
Site Best viewed with 1024X768 pixels & IE 6+ | FireFox 2+

Site has been visited : stimes since Jan 2007.