Home | NepalNews | Sports | WorldNews | Archive | Diaspora | Literature | Broadband | Awareness | Solutions | Careers | Feedback | Contact
 
News From Nepal
   
 
नेपाल र बहराइन बीच श्रम सम्झौता
 
 

29-April-2008
enepalionline.com | Nepal |

ऋचा शर्मा तिवारी | काठमाण्डौ, नेपाल
==========================

नेपाल र बहराइन बीच आज श्रम सम्झौता हुने भएको छ । आज अपरान्ह चार बजे राजधानीको सोल्टी होटलमा उक्त सम्झौता हुने जानकारी श्रम मन्त्रालयका श्रोतबाट प्राप्त भएको छ ।
उक्त सम्झौतामा हस्ताक्षर गर्नका लागी बहराइनका श्रम मन्त्री डा. मजिद बिन महसिन अल आलावी को नेत्तृत्वमा ९ सदस्यीय टोली नेपाल आइसकेको छ । नेपालका श्रमराज्य मन्त्री रमेश लेखक र बहराइनका श्रम मन्त्री आलावीले हस्ताक्षर गर्ने भएका छन् ।

सो सम्झौता पछि नेपाली कामदारहरुले त्यहाँको श्रम कानुन अनसार सबै सुविधा र संरक्षण पाउनेछन् । सो सम्झौता को सम्पुर्ण प्रक्रिया पुरा भईसकेको छ । यस सम्झौताले हाल बहराइनमा कार्यरत १५ हजार नेपालीहरुलाभान्वित हुने देखिएको छ ।

 
Server Update Time: 29-04-08 | 12:49 PM - GMT +4:00

All Rights Reserved © 2007 E-nepali News Network
Site Best viewed with 1024X768 pixels & IE 6+ | FireFox 2+

Site has been visited : stimes since Jan 2007.