|
||||
|
||||
01-MAY-2008 ऋचा शर्मा तिवारी | काठमाण्डौ, नेपाल नेपाल र बहराइन यहि २९ अप्रिल २००८ का दिन श्रम सम्झौता भएको छ । श्रम मन्त्रालयका अनुसार बहराइनका श्रम मन्त्री डा. मजिद बिन महसिन अल आलावी र नेपालका श्रमराज्य मन्त्री रमेश लेखकले मंगलबार राजधानीमा एक कार्यक्रम बीच उक्त श्रम सम्झौतामा हस्ताक्षर गरेका छन् । सो सम्झौता पछि नेपाली कामदारहरुले बहराइनको श्रम कानुन अनुसारको सबै सुविधा र संरक्षण पाउनेछन् । नेपाली दक्ष र अर्धदक्ष जनशक्तीका लागी आर्कषक गन्तव्य बहराइनले नेपालीहरुलाई तालीम समेत दिने भएको छ । यी तालीम केन्द्रहरु नेपाल र बहराइनमा खोलीने प्रकृयाको शरुवात् भएको छ । नेपाली म्यानपावर कम्पनीहरुले पनि बहराइनमा आफनो शाखा खोलेर व्यवसाय प्रवद्धन गर्न समेत सक्ने भएका छन् । बहराइनका श्रम मन्त्री अलावीले नेपालीहरु बढी इमान्दार भएका कारण नेपालीहरुलाई बढि प्राथमिकता दिएर उक्त श्रम सम्झौता गरिएको पनि उल्लेख गरिएको छ । बैकिंग क्षेत्रमा सबै भन्दा बढि कामदारको माग भएको ब्ाहराइनमा हाल १५ हजार नेपालीहरु श्रमिकको रुपमा कार्यरत् छन् । |
||||
|
||||
|
||||