Home | NepalNews | Sports | WorldNews | Archive | Diaspora | Literature | Broadband | Awareness | Solutions | Careers | Feedback | Contact
 
News From Nepal
   
 
कोशी राजमार्गमा ट्रक संग मोटरसाइकलको दुश्मनी
 
 

05-May-2008
enepalionline.com |Nepal-East | Sachin Pokhrel

इटहरी, वैशाख २० गते

==========================

कोशी राजमार्ग अन्तरगत पर्ने खनारमा यहि वैशाख २० गते विहान भएको ट्रक दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ भने अर्का एक गम्भीर घाइते भएका छन् ।

तीब्र गतिमा अनियन्त्रित भई गुडिरहेको को १ ख २०७१ नम्बरको ट्रकले को २ प ३६१२ नम्बरको मोटरसाइकललाई ठक्कर दिंदा मोटरसाइकल चालक इटहरी-१ निवासी मिलन श्रेष्ठको मृत्यु भएको हो । सोही दुर्घटनामा परी मोटरसाइकलमा सवार लोकेन्द्र गुरुङ्ग गम्भीर घाइते भएका छन् । घाइतेहरुलाई उपचारकालागि भारतको सिलगुडी लगिएको छ । अनियन्त्रित गतिमा गुडिरहेको सो ट्रक राजमार्गदेखि तल पल्टिएको छ भने ट्रक चालक फरार रहेको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ ।

 
Server Update Time: 05-04-08 | 03:58 PM - GMT +4:00

All Rights Reserved © 2007 E-nepali News Network
Site Best viewed with 1024X768 pixels & IE 6+ | FireFox 2+

Site has been visited : stimes since Jan 2007.