Home | NepalNews | Sports | WorldNews | Archive | Diaspora | Literature | Broadband | Awareness | Solutions | Careers | Feedback | Contact
 
News From Nepal
   
 
समलिङ्गीहरुपनि संविधानसभाको सभासदमा
 
 

05-May-2008
enepalionline.com |Nepal-East | Sachin Pokhrel

इटहरी, वैशाख २० गते

==========================

वैण्डवाजासहित आकर्षक पहिरनमा सजिएका समलिङ्गी तथा उनीहरुको शुभेच्छुक र समर्थकहरुको सहभागितामा यहि २० वैशाख २०६५का दिन इटहरीमा आकर्षक र्‍यालीको आयोजना गरिएको छ ।

संविधानसभा निर्वाचनमा समलिङ्गीहरुलाई प्रतिनिधित्व गराउदै नेकपा संयुक्तले समानुपातिक तर्फ एक जना समलिङ्गीको नाम सिफारिस गरेको खुसियालीमा उनीहरुले इटहरीमा र्‍याली आयोजना गरेका हुन् । सो पार्टीले संविधानसभामा समलिङ्गीहरुको तर्फबाट प्रतिनिधित्व गराउदै सुनिलबाबु पन्तको नाम निर्वाचन आयोगमा पठाएको छ । मुलुकलाई समावेशी बनाउने प्रयास अनुरुप आफ्नो समूहको तर्फबाट पनि संविधानसभामा प्रतिनिधित्व गराउन पाएकोमा खुशी व्यक्त गर्दै आयोजना गरिएको समलिङ्गीहरुको र्‍यालीले नारावाजी गर्दै इटहरी नगरको परिक्रमा गरेको थियो ।

तेस्रो लिङ्गीहरुको संस्था निल हिरा समाज तथा मानव कल्याण समाज इटहरीले संयुक्तरुपमा आयोजना गरेको र्‍यालीमा सहभागीहरुले विभिन्न प्ले कार्ड तथा व्यानर बोकेर नाचगान समेत गरी सर्वसाधारणलाई मनोरञ्जन समेत प्रदान गरेका थिए ।

स्मरण रहोस् समलिङ्गीहरुको प्रतिनिधित्व गर्दै पूर्वाञ्चलका विभिन्न तीन निर्वाचन क्षेत्रबाटसंविधानसभा निर्वाचनमा प्रत्यक्ष तर्फ उमेद्वारी दिएका तीन जना समलिङ्गी उमेद्वार निर्वाचनमा असफल भएका थिए ।

पूर्वाञ्चलमा बसोबास गर्ने करिव चार हजार तेस्रो लिङ्गीहरुको तर्फबाट प्रतिनिधित्व गराउदै मानव कल्याण समाजले तीन जनालाई चुनावी मैदानमा उतारेको थियो । जसमध्ये नेकपा संयुक्तको तर्फबाट सुनसरी क्षेत्र नम्बर १ मा दिपक र्राई तथा सुनसरी क्षेत्र नम्बर ६ मा श्रवण चौधरीले हसिँया चुनाव चिन्ह लिएर तेस्रो लिङ्गीहरुको प्रतिनिधित्व गर्दै चुनावी प्रतिस्पर्धा गरेका थिए भने सुनसरी क्षेत्र नम्बर २ मा स्वतन्त्र उमेद्वारको रुपमा घैला चुनाव चिन्ह लिएर सुर्यनारायण चौधरीले तेस्रो लिङ्गीहरुको प्रतिनिधित्व गर्दै उमेद्वारी दिएका थिए ।

समलिङ्गीहरुको प्रतिनिधित्व गर्दै निर्वाचन लडेका पूर्वाञ्चलका ती तीनै जना उमेद्वारले पराजय वेहारे पनि समानुपातिक तर्फबाट प्रतिनिधित्व गराउन पाएकोमा खुशी व्यक्त गर्दै र्‍यालीमा सहभागी समलिङ्गीहरुले अल्पसंख्यक यौनकर्मीहरुको उच्च सम्मान तथा उनीहरुको हक अधिकार स्थापनाकालागि आवाजसमेत उठाएका छन् ।समलिङ्गीहरुको र्‍यालीले यौन क्षेत्रमा देखिएको विकृति विसंगति विरुद्ध जनचेतना समेत विस्तार गरेको छ ।

 
Server Update Time: 05-04-08 | 03:49 PM - GMT +4:00

All Rights Reserved © 2007 E-nepali News Network
Site Best viewed with 1024X768 pixels & IE 6+ | FireFox 2+

Site has been visited : stimes since Jan 2007.