| Home | NepalNews | Sports | WorldNews | Archive | Diaspora | Literature | Broadband | Awareness | Solutions | Careers | Feedback | Contact |
||||
|
||||
|
||||
26-JUN-2009 इनेपालीअनलाइन डटकम सम्वाददाता - नेपाल एकीकृत नेकपा माओवादीको भ्रातृ सङ्गठन मधेसी राष्ट्रमुक्ति मोर्चाका अध्यक्ष कृष्णदेव सिंह दनुवारका १२ वर्षीय छोरा राजेशकुमार सिंहलाई अज्ञात समूहले अपहरण गरेको छ । सिरहामा पाँच/सात जनाको सङ्ख्यामा आएको अज्ञात समूहले गएराति बालक सिंहलाई लहान नगरपालिका वडा नं. १ स्थित आफ्नै घरमा सुतिरहेको बेला अपहरण गरी लगेको पीडितले बताएका छन् । प्रहरीले अपहरणकारीको खोजी भइरहेको जनाएको छ । यसैबीच मानवअधिकार केन्द्रका अध्यक्ष शिवनारायण सिंहले एक प्रेस विज्ञप्ति प्रकाशित गरी अपहरित बालकको सकुशल रिहाइका लागि पहल गरिदिन सबै पक्षसँग आग्रह गर्नु भएको छ । |
||||
|
||||
|
||||