Home | NepalNews | Sports | WorldNews | Archive | Diaspora | Literature | Broadband | Awareness | Solutions | Careers | Feedback | Contact
 
News From Nepal
   
 
त्रिविविले शैक्षिक शुल्क बढाउने
 
 

26-JUN-2009
enepalionline.com | Nepal |

इनेपालीअनलाइन डटकम सम्वाददाता - नेपाल
==========================

त्रिभुवन विश्वविद्यालयले आर्थिक अवस्था कमजोर भएको भन्दै शैक्षिक शुल्क बढाउने तयारी गरेको छ ।

त्रिभुवन विश्वविद्यालयका शिक्षाध्यक्ष सूर्यलाल अमात्यले वैज्ञानिक शैक्षिक शुल्क निर्धारण गर्न विज्ञसहितको समितिले अध्ययन गरिरहेको बताउनुभयो । विद्यार्थीहरुलाई मर्का नपर्ने गरी तथा विश्वविद्यालयको हितमा हुने गरी शैक्षिक शुल्क निर्धारण गरिने शिक्षाध्यक्ष अमात्यले जानकारी गराउनुभयो । धेरै वर्षदेखि शुल्क नबढ्दा विश्वविद्यालय चलाउन गाह्रो भएको, विश्वविद्यालयका पदाधिकारीले बताएका छन् । उनीहरुले, सरकारबाट त्रिभुवन विश्वविद्यालय अर्न्तगतका क्याम्पसहरुको भौतिक संरचना मर्मतका लागि समेत पर्याप्त बजेट उपलब्ध हुन नसकेको गुनासो गरेका छन् ।

त्रिभुवन विश्वविद्यालयको तथ्यांक अनुसार प्रतिविद्यार्थीका लागि झण्डै १५ हजार रुपैंया लाग्ने गरेको भएपनि विद्यार्थीबाट भने झण्डैं १९ सय रुपैंया शुल्क उठाइने गरेको छ ।

 
       
Server Update Time: 25-06-09 | 1:20 PM - GMT +5:45

All Rights Reserved © 2007 E-nepali News Network
Site Best viewed with 1024X768 pixels & IE 6+ | FireFox 2+

Site has been visited : stimes since Jan 2007.