| Home | NepalNews | Sports | WorldNews | Archive | Diaspora | Literature | Broadband | Awareness | Solutions | Careers | Feedback | Contact |
||||
|
||||
|
||||
29-JUN-2009 इनेपालीअनलाइन डटकम सम्वाददाता - नेपाल
०३३ सालमा रुकुमबाट नेकपा -पुष्पलाल) समूहमा पहिलो पटक सङ्गठित भइ २०३९ सालमा पाल्पाबाट तत्कालिन नेकपा -माले)मा समाहित हुदै पाल्पामा नगर कमिटीमा सङ्गठित भएका थिए । त्रि.ब.क्या पाल्पा तानसेनको स्ववियू सचिव र अनेरास्ववियु पाल्पाको अध्यक्ष तथा लुम्बिनी क्षेत्रीय कमिटीको उपाध्यक्ष पदमा रही काम गरिसकेका छन् । २०४५ सालमा तत्कालिन नेकपा -माले) रुकुमको संस्थापक सचिव भएर काम गरेको र २०४७ देखि २०५८ सम्म नेकपा मालेको राप्ती अञ्चल सचिव र केन्द्रीय सल्लाहकार कमिटीको सदस्य भएर पार्टीको काममा निरन्तर रुपमा क्रियाशील लागिपरेक थिए । २०५८ देखि २०६५ फागुनसम्म नेकपा एमाले राप्ती अञ्चल समन्वय समितिको सदस्य भएर काम गरेक थिए । २०६५ फागुन ५ देखि १० सम्म बुटवलमा आयोजना भएको नेकपा एमालेको आठौं महाधिवेशन केन्द्रीय कमिटीको निर्वाचनमा पराजित हुन पुगेका हस्तबहादुर केसीले नेकपा एमाले त्यागी एनेकपा माओवादिमा प्रवेश गरेको यहि २०६६ साल असार १३ गते एक प्रेस विज्ञप्ति मार्फत जनाएका छन् । सो विज्ञप्तिमा भनिएको छ, करीब ३४ वर्षसम्म पार्टीमा सङ्गठित भएर विविध जिम्मेवारीहरु इमान्दारीपूर्वक पूरा गर्दै आएको भएता पनि पहिलेदेखि नै आफू रहेको पार्टीसँग वैचारिक मत भिन्नता रहदै आएको थियो । नेकपा एमालेको वर्तमान नेतृत्व प्रतिक्रियावादी तथा यथास्थितिवादीहरुसित मिलेर अन्य कम्युनिष्टहरु दबाउने खेलमा सङ्लग्न भएको र साम्राज्यवादी र विस्तारवादीहरुको निर्देशनमा चल्न थाल्यो । मार्क्सवाद लेनिनवादका सैद्धान्तिक मान्यताहरुलाई समेत लत्याउँदै अहिले प्रतिक्रान्तिको बाटोतर्फअग्रसर भएको र राष्ट्रपति डा.रामवरण यादवले चालेको असवंधौनिक कदमलाई र्समर्थन गर्दै नागरिक सर्वोच्चताका विरुद्ध सैनिक सर्वोच्चतालाई स्वीकार्दै २२ दलीय दक्षिणपन्थी गठबन्धनको नेतृत्व गर्दै विदेशी शक्ति केन्द्रहरुको निर्देशनमा कठपुतली सरकारको नेतृत्वसमेत गर्न पुगेपछि नेकपा एमालेले अब नेपाली क्रान्तिको नेतृत्व गर्न नसक्ने अवस्थामा पुगेको छ । त्यसैले मजस्तो एउटा क्रान्तिकारी व्यक्ति नेकपा एमाले जस्तो दक्षिणपन्थी धारमा पतन भइसकेको पार्टीमा बसेर काम गरिरहन नसकिने ठहर गर्दै १० वर्षो सशस्त्र जनयुद्धबाट खारिएर आएको र नेपाली क्रान्तिको सबल नेतृत्व गर्न सक्ने एकमात्र कम्युनिस्ट पार्टी एकीकृत नेकपा माओवादीले आगामी युगको नेतृत्व गर्न सक्छ भन्ने दृढ विश्वासका साथ आजैका मितिदेखि नेकपा एमालेबाट विद्रोह गरी एकीकृत नेकपा माओवादीमा प्रवेश गरेको घोषणा गर्दछु । |
||||
|
||||
|
||||