| Home | NepalNews | Sports | WorldNews | Archive | Diaspora | Literature | Broadband | Awareness | Solutions | Careers | Feedback | Contact |
||||
|
||||
|
||||
06-April-2008
नेपाली समाज, यूएइले भव्य भलिवल प्रतियोगिताको आयोजनासँगै नवबर्ष विक्रम संबत् २०६५ लाई स्वागत गरेको छ । मुसाफा स्थित भलिवल खेल मैदानमा भएको सो प्रतियोगितामा यूएइका विभिन्न इमिरेट्स्का १७ वटा भलिवल टिमहरु प्रतियोगी थिए ।
नेपाली समाजका केन्द्रिय अध्यक्ष रामेश्वर शाहद्वारा उद्घाटन गरेपछि शुरु भएको उक्त खेलमा दर्शकहरुको भव्य उपस्थितिमा खेलाडीहरुले अति रोचक खेल प्रस्तूत गरेका थिए । राफल चिट्ठा समेत खेलिएको सो खेलकुद कार्यक्रममा फ्लाइ यतीबाट प्राप्त अबुधावी काठमाडौको टुवे टिकट सहितको प्रथम पुरस्कार भाग्यशाली विजेता प्रेमप्रसाद देवकोटा, देाश्रो डिभिडी रामबहादुर नेपाली र तेश्रो पुरस्कार क्यासियो घडी रतन बहादुर केसीलाई प्रदान गरिएको थियो । यस खेलका सेमी फाइनल र फाइनलका खेलहरु भने आगामी अप्रिल ११ तारिकमा अबुधावीको सुडानीहलमा हुन गइरहेको सांस्कृतिक कार्यक्रमक शुरु हुनु भन्दा अगाडि खेलाइने कुरा कार्यक्रम संयोजक रामगोपाल थापाले जानकारी दिएका थिए । |
||||
|
||||
|
||||