|
||||
|
||||
01-MAY-2008 दुबइ, बालचन्द्र पोख्रेल मुकुन्दपुर गा.बि.स हर्कपुर गाउँ नवलपरासीका बर्ष ३३ को महेशकुमार पौडेलको गत अप्रिल ६ का दिन देहरा दुबइमा भएको एक मोटर दुर्घटना घटना स्थलमै मृत्यु भएको थियो । मृतकको बारेमा जानकारी प्राप्त भए पछी लुम्बिनी वेलफेयर सोसाइटीका अध्यक्ष डि.एल. शर्मा र नेपाली दूतावासका राजदूत श्री अर्जुनबहादुर थापाको संयुक्त प्रयासमा मृतको लाश नेपाल पठाउन आर्थिक सहयोग ६५०० दिरह्मस संकलन गरिएको छ । उक्त रकमका लागि राजदूत श्री थापाले इटिए एस्कोन कम्पनीका जेनरल म्यानेजरसंग सहयोगकालागि अनुरोध गरेपछि प्राप्त भएको जानकारी राजदूतावासका प्रथम सचिव प्रकाशमणि पौडेलले दिएका छन् । मृतक यूएइमा गैह्रकानुनी रुपमा कामगर्दै आएका थिए । यूएइमा यस प्रकारको सहयोग एक नेपालीलाई प्राप्त गराउन नेपाली राजदूतावासबाट चालिएको कदम प्रति इनेपाली अनलाइन डटकम नेपाली रादूतावासलाई हर्दिक आभार प्रकट गर्दछ भने लुम्बिनी वेलफेयर सोसाइटीको अथक प्रयासको प्रशंसा गर्दछ । |
||||
|
||||
|
||||