Home | NepalNews | Sports | WorldNews | Archive | Diaspora | Literature | Broadband | Awareness | Solutions | Careers | Feedback | Contact
 
News From UAE
   
 
पत्रकार विष्टमाथि भएको हमलाको नेपाल पत्रकार महासंघ यूएई सम्पर्क शाखाको विरोध
 
 

अर्जुन दाहाल


१० डिसेम्वर, दुबई - नेपाल पत्रकार महासंघकी केन्द्रीय पार्षद् टीका विष्टमाथि भएको आक्रमणको नेपाल पत्रकार महासंघ यूएइ सम्पर्क शाखाले एक विज्ञप्ति जारी गर्दै विरोध गरेको छ । शाखाका महासचिव जे.पी. सापकोटाद्वारा प्रेषित विज्ञप्तिमा भनिएको छ , नेपाली पत्रकारहरुमाथि विभिन्न वाहानामा मानसिक र शारिरीक यातानादिने क्रम बढिनै रहेको छ । यसको निरन्तरताको शिकार भएकी छन् अर्की महिला पत्रकार टीका विष्ट । यस कायरतापूर्ण घटनाले लोकतन्त्रको स्थापनार्थ ज्यानको बाजी राखेर उत्रिएका पत्रकारहरुमाथि एकपछि अर्को सांघातीक आक्रमण हुनुले नेपाली प्रेस जगतमा मडारिएको कालो बादल अझै बाक्लिदै गएको अनुभूति गराएको छ ।

जुनसुकै स्वार्थ, विचारधारा वा उक्साहटमा गरिने यस्ता कृयाकलापको नेपाल पत्रकार महासंघ, यूएई सम्पर्क शाखा घोर निन्दा र भर्त्सना गर्दछ । साथै रुकुम जिल्लामा कार्यरत् नेपाल पत्रकार महासंघकी केन्द्रीय पार्षद् विष्टमाथि सांघातिक आक्रमण गर्ने जोसुकैलाईपनि तत्काल कार्वाही गर्न जोडदार माग गर्दै घाइते विष्टको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछ ।

साथै भविष्यमा यस्ता घटना दोहोरिन नदिन तत्काल आवश्यक कदम चाल्न सरकारसँग जोडदार माग गर्दै समस्याको दीर्घकालीन र ठोस समाधान निकाल्ने तर्फ आवश्यक पहल गर्न नेपाल पत्रकार महासंघसँग समेत यो शाखा हार्दिक अनुरोध गर्दछ ।

 
Server Update Time:10-12-09 |8:00 AM - GMT +5:45

All Rights Reserved © 2007 Nepal Gulf Media Network Pvt. Ltd.
Site Best viewed with 1024X768 pixels & IE 6+ | FireFox 2+

Site has been visited : stimes since Jan 2007.