Home | NepalNews | Sports | WorldNews | Archive | Diaspora | Literature | Broadband | Awareness | Solutions | Careers | Feedback | Contact
 
News From UAE
   
 
अबुधावीमा दुई नेपालीको हत्या
 
 

जेपी सापकोटा

यूएईमा फेरि अर्को नेपालीको मृत्यु
अबुधावीका नेपाली फेरि शोकाकुल


२१.डिसेम्वर.२००९, अबुधावी - संयुक्त अरब ईमिरेट्समा कार्यरत एक जना नेपालीको मृत्यु भएको छ । अबुधावीस्थित स्टार सेक्युरीटिमा कार्यरत धादिङ कालीदह का ४१ वर्षिय रणबहादुर श्रेष्ठको १९ दिसेम्बरमा मृत्यु भएको जानकारी प्राप्त भएको छ ।

सारजाहास्थित केएफसीमा कार्यरत उनका भाई तारा श्रेष्ठले दिएको जानकारी अनुसार श्रेष्ठको अबुधावीको सनैयास्थित आईकाड ३७ नम्बर ब्लकमा रहेको कम्पनीकै आवास गृहमा मृत्यु भएको हो । बेलुकी साथीहरुसँगै खाना खाएर सुतेका उनी ड्युटी नआएपछि सुपरभाइजरले खोजी गर्दा बिहान ६ बजे मृत अवस्थामा फेला परेका थिए ।

हिमालयन मेनपावरबाट २ वर्षअघि यूएई आएका श्रेष्ठका ४ छोरी र २ छोरा छन् । उनको शव खालिदियास्थित अस्पतालमा राखिएको छ । पोष्टमार्टमको रिपोर्टबाट उनको मृत्यु हृदयगतिले भएको थाहा भएकोछ ।

कम्पनीलेनै शव नेपाल फर्काउन आवश्यक कार्यवाही अगाडि बढाइरहेको बुझिएको छ ।

 
Server Update Time:21-12-09 | 9:30 AM - GMT +5:45

All Rights Reserved © 2007 Nepal Gulf Media Network Pvt. Ltd.
Site Best viewed with 1024X768 pixels & IE 6+ | FireFox 2+

Site has been visited : stimes since Jan 2007.