|
||||
|
||||
निमेष गिरी २६ डिसेम्बर, दुबई - नेपाल पत्रकार महासंघ यूएई सम्पर्क शाखाले आफ्नो वेवसाइट www.fnuae.com सार्वजनिक गरेको छ । हिजो बरदुबईको अरब उडूपी रेष्टुरेन्टमा नेपाली दूतावासका द्वितीय सचिव लोकबहादुर पौडेल क्षेत्री र शाखाका अध्यक्ष तथा विश्व प्रवासी नेपाली पत्रकार सञ्जालका संयोजक जाकिर हुसैनले एक कार्यक्रममा उक्त वेवसाइटको लोकार्पन गरे । महासंघका कोषाध्यक्ष अर्जुन दाहालले उक्त वेवसाइटको उपादेयता र उद्देश्यबारे प्रकाश पारे । उनले महामहिम राजदूत अर्जुनबहादुर थापाले पठाएको सन्देश पनि पढेर सुनाए । उक्त कार्यक्रममा महासंघले प्रकाशन गरेको स्मारिकाको पनि श्री क्षेत्री पौडेल र हुसैनद्वारा संयुक्त रूपमा विमोचन गरियो । श्री पौडेलले बोल्ने क्रममा महासंघको वेवसाइटको महत्वबारे चर्चा गर्दै यस वेवसाइटले आगामी दिनहरूमा नेपालीहरूको सूचना प्रवाह गर्न सकोस् भन्ने शुभकामना व्यक्त गरे । नेपाल पत्रकार महासंघ यूएई सम्पर्क शाखाले यूएईमा नेपालीहरूको अवस्था, उनीहरूले भोगिरहेका समस्या तिनको समाधान र सम्भाव्यताहरू विषयक विचारगोष्ठीमा उक्त वेवसाइट र स्मारिकाको लोकार्पन भएको हो । नेपाली दूतावासका द्वितीय सचिव लोकबहादुर पौडेल क्षेत्री प्रमुख अतिथि, एनआरएन आईसीसीका कोषाध्यक्ष रामेश्वर शाह र श्रम सहचारी पार्वती अर्याल विशेष अतिथि रहेको उक्त कार्यक्रम महासंघ यूएई सम्पर्क शाखाका अध्यक्ष तथा विश्व प्रवासी नेपाली पत्रकार सञ्जालका संयोजक जाकिर हुसैनको सभापतित्वमा सम्पन्न भयो । कार्यक्रम महासंघका सदस्य छत्र लामाले सञ्चालन गरेका थिए । महासंघ यूएई सम्पर्क शाखाका सचिव शंकर ज्ञवालीको संयोजकत्वमा सम्पन्न उक्त कार्यक्रममा बुद्धिजीवी, समाजसेवी, उद्यमी, एनआरएन कार्यकर्ता, साहित्यकार तथा पत्रकारहरूको उपस्थिति रहेको थियो । |
||||
|
||||
|
||||