Home | NepalNews | Sports | WorldNews | Archive | Diaspora | Literature | Broadband | Awareness | Solutions | Careers | Feedback | Contact
 
News From UAE
   
 
सोनापुरमा जनप्रगितिशिल मन्च
 
 

11-JUN-2009
enepalionline.com | UAE |

इनन सम्वाददाता
========================

नेपाली जनप्रगतिशिल मन्च यूएईको मिती ०४ जुन २००९ मा सोनापुरमा बसेको एक बिष्तारित भेलाले सोनापुर एकाई समिती गठन गरेको छ। मन्चका केन्द्रिय सद्स्य समर खत्रिको बिशेष उपस्थितिमा भएको उक्त भेलामा त्यहा स्थित बिभिन्न लेबर क्याम्पबाट उल्यख्य जनसहभागीता रहेको थियो। सोही अबसरमा कृष्ण खड्काको अध्यक्षतामा ९ सदस्यिय नेपाली जनप्रगतिशिल मन्च सोनापुर एकाई समिती गठन भएको छ। सो समितिमा उपाध्यक्ष शाहा वालिद , सचिब डोलरज पाठक। कोसाध्यक्ष भीम गुरुङ , सहसचिब किशोर कुमार राइ र सदस्यहरुमा मधु सुधन भुषाल , भीम राना , कुमार बस्नेत दीपेन्द्र ढकाल हुनुन्छ।

कृष्ण खड्काको सभापतित्वमा भएको उक्त कार्यक्रमको सन्चालन डोलराज पाठकले गर्नु भएको थियो भने सम्पूर्ण अतिथि तथा उपस्थितहरुलाई शाहा वालिदले स्वागत गर्नुभएको थियो। अतिथीको आसनबाट बोल्दै मन्चका केन्द्रिय सदस्य समर खत्रिले मन्च गठन हुनुको उद्धेश्य , आबश्यक्ता र मन्चले खेल्नु पर्ने भूमिका बारे प्रकाश पार्नु भएको थियो। भने कार्यक्रमका सभापति तथा नबनियूक्त अध्यक्ष कृष्ण खड्काले देशमा भई रहेका पछील्लो घटनाक्रमका बारेमा प्रस्ट पार्दै सीमा अतिक्रमण र भारतीयहरुको ज्यादातिका बाबजुद पनि यो कठपुतली सरकार मौन रहेको भन्दै आक्रोस पोख्नु भएको थियो।

 
Server Update Time: 10-06-09 | 11:50 PM - GMT +5:45

All Rights Reserved © 2007 Nepal Gulf Media Network Pvt. Ltd.
Site Best viewed with 1024X768 pixels & IE 6+ | FireFox 2+

Site has been visited : stimes since Jan 2007.