|
||||
|
||||
14-JUN-2009 इनन सम्वाददाता यूएइ नेपाली एकता समाज केन्द्रिय समितिको दोश्रो सम्मेलन पछिको पहिलो राष्ट्रिय भेला जुन १२ गते शुक्रबार बरदुबइको एभरेष्ठ इन्टरनेशनल होटलमा सम्पन्न भएको छ । उक्त सम्पन्न भेलाले मानबहादुर थापाको अध्यक्षतामा १७ सदस्यीय कार्यसमितिको चयन गर्नुका साथै १० सदस्यीय साँस्कृतिक समिति पनि गठन गरेको छ ।
सो कार्यसमितिमा उपाध्यक्षमा कृष्ण के.सी र कृष्ण जी.सी, महा सचिवमा ध्रुव कुवर, सचिवमा लेखनाथ अधिकारी, कोषाध्यक्षमा केशवराज शर्मा, रहनु भएको छ भने सदस्यहरुमा भिम भण्डारी, राजेन्द्र पाठक, कृष्ण लामिछाने, लालबहादुर बि.क. यमबहादुर पुन, भानु शर्मा, तुलबहादुर पुन, प्रकास जीसी, टेकहरी न्यौपाने, र तुलसा थापा रहनु भएको छ । ३ जना उपाध्यक्ष रहने व्यवस्था भएको उक्त कार्य समितिमा एक उपाध्यक्ष भने रिक्त रहेको छ । त्यस्तै डम्बर भण्डारीको संयोजकतामा गठीत साँस्कृतिक समितिमा उपसंयोजक चिरण के.सी, सचिव लालबहादुर गुरुङ्ग, कोषाध्यक्षमा यमबहादुर पुन, र सदस्यहरुमा टीका पुन, सेखर पौडेल, ओमप्रकास हमाल र तुलसा थापा रहनु भएको छ ।
उक्त भेलालाई कतार, साउदी अरव, बहराइन, मलेशिया, बेलायत, हंकङ्ग, भारतमा खोलिएका नेपाली एकता समाज तथा काठमान्डौ स्थित केन्द्रिय कार्यालयका प्रमुखशरुले मातृभूमिबाट टाढा रहेर पनि सचेतनाको दियो बाल्ने, जनआन्दोलनको भावनाको कदर गर्ने तथा नेपाली विच भाइचाराको सम्बन्ध स्थापीत गर्न कटिबद्ध यस समाजलाई बधाइ तथा शुभकामना पत्रद्वारा दिइएको जानकारी प्राप्त भएको छ । सो यूएइमा अस्तित्वमा रहेका संघस्स्थाका प्रतिनिधिहरु, पत्रकारहरु, बुद्धिजीवि, समाजसेवीहरुको उपस्थित रहेको उक्त भेलामा सास्कृतिक समितिका तर्फबाट गीत तथा नृत्य प्रस्तुत गरिएको थियो । |
||||
|
||||
|
||||