|
||||
|
||||
16-JUN-2009 इनन सम्वाददाता नेपाली जनप्रगतिशिल मञ्च यूएई अलऐन क्षेत्रिय समितिको प्रथम क्षेत्रिय सम्मेलन जेष्ठ २८ गते तदनुसार ११ जुन २००९ का दिन मञ्चका केन्द्रिय अध्यक्ष दुर्गादत्त पोखरेलको प्रमुख आतिथ्यमा सम्पन्न भएकोछ ।
प्रथम क्षेत्रिय सम्मेलन आयोजक समिती अलऐनको आयोजनामा भएको उक्त सम्मेलनले आयोजक समितिका सम्योजक रमेश दर्नालको अध्यक्षतामा ११ सदस्य क्षेत्रिय समिती गठन गरेकोछ । नबगठित क्षेत्रिय समितिका उपाध्यक्षमा अमर पाण्डे , सचिब कुमार थापा मगर , सहसचिब गणेश भट्टराई , कोसाध्यक्ष रविन खडका र सदस्यहरुमा कमल गिरी बिरेन्द्र लिम्बू , गुरु प्रसाद निहुरे तथा पदम बहादुर मगर रहेकाछन। बाँकी २ सदस्य पछी थप गरिने जनाइएकोछ। सम्मेलनले ३ सदस्य सल्लाहकार समिती समेत चयन् गरेकोछ। उक्त समितिका सदस्यहरुमा राम नारायण पाण्डे , दीपेन्द्र बोहरा र गोपाल पौडेल रहेकाछन।
सम्मेलनमा शुभकामना मन्तब्य तथा नयाँ क्षेत्रिय समितिलाई बधाई दिदै मञ्चका अध्यक्ष तथा प्रमुख अतिथी दुर्गादत्त पोखरेलले प्रबासको सम्बन्धमा संगठनका कार्यनितिहरु बारे स्पस्ट पार्दै क्रान्तिकारी एबम प्रगतिशिल शक्तिहरुको बिचमा संयुक्त गतिबिधी सञ्चालन गर्ने र क्रान्तिकारी शक्तिहरुलाई एकताबध्द तुल्याउदै गैर क्रान्तिकारीहरुलाई पनि नेपाली क्रान्तिको लागि सहयोग लिने निती रहेको बताउनु भयो। त्यस्तै अन्य प्रगतिशिल शक्तिहरुसँग कार्यगत एकता गर्दै अन्य देशमा रहेका बामपन्थी संगठनहरुबाट सहयोग र समर्थन जुटाउदै विश्व साम्राज्यबाद र बिस्तारबाद बिरोधी मोर्चालाई अझ ससक्त बनाउदै लैजान पहल गरिने बिचार ब्यक्त गर्नु भयो । स्वदेशको पछील्लो राजनीतिक घटना प्रती संकेत गर्दै अध्यक्ष पोखरेलले विश्व ईतिहासमा धेरै राष्ट्रहरुमा नेपालमा जस्तै गरी सैनिक तानाशाहहरु जन्मिएका उदाहरण दिदै बर्ग संघर्सले बर्ग संरचना फेरबदल गर्ने बेला यस्ता हर्कतहरु हुँदै जाने जिकिर गर्नु भयो। नेपालको बिगतको ईतिहास पनि यो वा त्यो रुपमा जंगी शासननै कायम हुँदै आएकोथियो अहिले त्यसको अन्तिम प्रयोग माधव कुमार नेपाल मार्फत भएकोछ । लोकतन्त्रमा नागरिक सर्बोच्चतानै प्रमुख हुने हुनाले सैनिक सर्बोच्चतामा बनेको सरकार जनताद्वारानै फ्याकिने ठोकुवा गर्नु भयो । बोल्सेभिक क्रान्ति पछी सोभियत सत्ताको बिजय र १९१८ मा सोभियत संबिधानले श्रमजिबी जनताले हतियार उठाउने अधिकारको प्रत्याभुती गर्नुनै प्रतिक्रान्तिकारी गृहयुध्द र नाजी आक्रमण माथि सोभियत बिजय सम्मको मूल कारण भएको उल्लेख गर्दै समाजबादी मुलुक भेनेज्युलामा पनि सेनाले कु गरनु भन्दा अगाडि त्यहाको चाभेज सरकारलाई नेपालमा प्रचन्डलाई जस्तै गरिएको थियो र म्यानमारमा निर्बाचित प्रधान मन्त्रि आङ साङ् सुकिलाई सत्ता सुम्पनुको साटो कैद गरेर राखिएकोछ। नेपाली जन प्रगतिशिल मञ्च विश्व ईतिहासमा भएका कुनै पनि सैनिक कु र नेपालमा भएको सैनिक सर्बोच्चताको अभ्यासलाई पनि घोर निन्दा र भर्त्सना गर्दै नागरिक सर्बोच्चताको लागि लडिरहने बिचार ब्यक्त गर्नु भयो।
सम्मेलन आयोजक समितिका सम्योजक रमेश दर्नालको सभापतित्व र कुमार थापा मगर , को सञ्चालनमा भएको उक्त कार्यक्रमका अर्का बक्ता तथा मञ्चका संगठन बिभाग प्रमुख उत्तम अधिकारीले यूएई मा मञ्चले खेलेको भूमिकाहरु बारे स्पस्ट पार्दै संगठनको आबश्यक्ता माथि चर्चा गर्नु भएको थियो। सम्मेलनमा केन्द्रिय कोसाध्यक्ष राजु रोका र सदस्यहरु प्रकाश रायमाझी तथा शम्भु वाइबाले पनि आआफ्नो बिचार राख्नु भएको थियो। |
||||
|
||||
|
||||