Home | NepalNews | Sports | WorldNews | Archive | Diaspora | Literature | Broadband | Awareness | Solutions | Careers | Feedback | Contact
 
News From UAE
   
 
भारत विस्तारवादको विरोध गर्दै छ यूएइ नेपाली समाज
 
 

18-JUN-2009
enepalionline.com | UAE |

जाकिर हुसैन
========================

भारतीय हस्तक्षेपकारी नीतिको विरोध गर्दै सीमासम्बन्धी समस्यालाई लिएर नेपाली एकता समाज यूएइले एक प्रेस विज्ञप्ती जारी गरेको छ । नेपाल भारतबीच सम्पन्न सन् १८१६ को सुगौली सन्धीपछि निर्धारण भएको सीमामा भारतीय पक्षले निरन्तर अतिक्रमण गरेको छ भन्दै राष्ट्रियतासम्बन्धी यस सबालमा गम्भीर भएर सम्पूर्ण सीमासम्बन्धी समस्याहरूको तुरुन्त समाधान निकाल्न सम्बन्धित पक्षसँग समाजका अध्यक्ष मानबहादुर थापा र महासचिव ध्रुव कुँवरद्वारा हस्ताक्षरित उक्त विज्ञप्तीमा माग गरिएकोछ ।

उक्त विज्ञप्तीमा भनिएको छ, "भारतले पूर्वको पशुपतिनगरदेखि पश्चिम नेपालको कालापानीसम्म करिब ९० भन्दा बढी स्थानमा अतिक्रमण गर्नुका साथै दाङ, बारा, सुस्तालगायतका ठाउँमा नेपालीलाई यातना दिने, महिलाहरुलाई बलात्कार गर्ने संचारकर्मीहरूलाई कुटपीट गर्नेजस्ता भारतीय बिस्तारबादी नीतिको सम्पूर्ण प्रवासी नेपालीको तर्फबाट यूएइ नेपाली एकता समाजले घोर निन्दा र भत्र्सना गर्दै मिचिएको नेपाली भूमि र खोसिएको सम्पत्ति सम्वन्धित पक्षलाई तुरुन्त फिर्ता गर्न जोडदार माग गर्दछ ।''

 
Server Update Time: 17-06-09 | 11:50 PM - GMT +5:45

All Rights Reserved © 2007 Nepal Gulf Media Network Pvt. Ltd.
Site Best viewed with 1024X768 pixels & IE 6+ | FireFox 2+

Site has been visited : stimes since Jan 2007.