|
||||
|
||||
अर्जुन दाहाल
"ए बरै ए बरै "गाँउ गाँउबाट उठ बस्ति बस्तिबाट उठ, "मन यो चञ्चल "कोइत भने पसिना तरर हाम्रो नेपालमा जस्ता गीत गाएर पञ्चायती निरंकुशताको विरुद्ध जनतालाई जागरुप गराउने गायक मञ्जुलले दर्शकहरु कता कता साँच्चै देश प्रति भावूक भएका जस्ता देखिने बनाएका थिए ।
"अरुण तरेर नाना तमोर तरेर जनवादी गायक प्रदीप देवानको एनेकपा माओवादीको १० वर्षे जनयूद्धमा सहिद भएका व्यक्ति प्रति समर्पित यो जनवादी गीतले साच्चै नै जनयूद्धको झझल्को दिलाएको थियो । "रक्त क्रान्तिको ज्वाला....." "कति वस्छौ आमा दिदी बहिनी हो ...." जस्ता गीतले दर्शकहरु ताली बजाएर आफ्ना गाएक प्रदिप देवानको साथ दिन पछि परेनन् ।
"यहाँ देशको छ चिन्ता तिमी माया माया भन्छौ नेपाली ताराको यो राष्ट्र भक्ति गजलले सबैलाई राष्ट्रप्रति एक पटक चिन्ता गर्न बाध्य तुल्यो । "तन परदेशी भयो मन गाँउ बेसी प्रवासीको मनै छुने यो गीत गाए पछि नेपाली तारा दिपक लिम्बुलाई दर्शकहरुले उनको साथमा ताली बजाएर साथ दिएका थिए । साथै उक्त कार्यक्रममका यूएइका स्थानीय कलाकार किरण भट्टराई, प्रकाश पराजुली, ज्ञान लामा, सूर्य केसी, सुलोचना श्रेष्ठ, विमला श्रेष्ठ, रिजन थापा, पूर्ण तमु, दिपक गुरुंग, मिना वाइवा, अनिल दोजु, सरस्वती थोकर, शान्ती साह, सम्झना वाइवा, डिक्की योञ्जन, गोपाल स्याङबो, रविन परियार, प्रेम स्याङबो, यतिराज चापागाँई, रमेश, केशव न्यौपाने, नेक राज, केशु राज आदिले आआफ्नो कला प्रस्तुत गरेर जनवादी गायकद्व र नेपाली ताराको माझमा दर्शकहरुको तालिको गडगढाहट बटुल्न सफल भए ।
|
||||
|
||||
|
||||