Home | NepalNews | Sports | WorldNews | Archive | Diaspora | Literature | Broadband | Awareness | Solutions | Careers | Feedback | Contact
 
News From UAE
   
 
जनवादी साँस्कृतिक कार्यक्रम गर्न प्रदिप देवानको सुझाव
 
 

अर्जुन दाहाल
२२ नोभेम्वर, २००९ - जनवादी गायक प्रदिप देवानले जनवादी साँस्कृतिक कार्यक्रम गर्न सुझाव दिएका छन् । उनले सो कुरा हिजो नेपाली जनप्रगतिशिल मञ्च यूएईले नेपाली रेष्टुराँमा आयोजना गरेको स्वागत कार्यक्रममा बताएका हुन् । जनवादी गायक स्वयं नेपालबाट साँस्कृतिक टोली लिएर आउने र जनवादी साँस्कृति मार्फत यूएईका दर्शकलाई मनोरञ्जन दिन सकिने जानकारी पनि दिए ।

1 2

कार्यक्रमका सभापति उत्तम अधिकारी र मञ्चका सदस्य मधुकर वेलवासेले फुलको माला पहिराई जावादी गायक देवानलाई उपहार प्रदान गरेका थिए । साथै मञ्चका सदस्य अनिल रावल, मधुकर वेलवासे, चन्द्र रोकाहा, तारा न्यौपानेले संगठनको बारेमा जानकारी गराएका थिए ।

जनवादी गीति एलव्म आस्थाका स्वरहरु उपहार स्वरुप प्रदान गर्दै गायक देवानले नयाँ नेपाल बनाउनका लागि अव साँस्कृतिक क्रान्ती गर्न सम्पूर्ण प्रगतिशिल नेपालीहरु एक ढिक्का हुनुपर्नेमा जोड दिए ।

 
Server Update Time:22-11-09 |8:40 AM - GMT +5:45

All Rights Reserved © 2007 Nepal Gulf Media Network Pvt. Ltd.
Site Best viewed with 1024X768 pixels & IE 6+ | FireFox 2+

Site has been visited : stimes since Jan 2007.