| Home | NepalNews | Sports | WorldNews | Archive | Diaspora | Literature | Broadband | Awareness | Solutions | Careers | Feedback | Contact |
||||
|
||||
|
||||
25-March-2008 ---------------------------- नेपाल पत्रकार महासंघ सम्पर्क शाखा यूएइको प्रथम वार्षिकोत्सवलाई सम्बोधन गर्न यूएइ आउनु भएका
यूएइबाट संचालित पहिलो नेपाली अनलाइन वेव पत्रिका इनेपालीअनलाइन डटकममा हार्दिक स्वागत गर्दछु । इनेपालीअनलाइनः तपाइले यूएइबाट प्रकाशित हुने नेपाली पत्रिका र अनलाइन पत्रिका पढ्ने मौका पाउनु भयो ? यी पत्रपत्रिकाको अवस्था र स्तर कस्तो रहेछ ? शिव गाउँलेः हो, मैले सहयात्रा द्धैमासिक, नेपाली समाचार साप्ताहिक, इनेपाली अनलाइनडटकम, नेपालदुबइडटकम, लगायतका अनलाइन पत्रिकाहरु पढ्ने मौका पाएँ । तिनले यूएइमा बसोबास गरिरहेका करिव १ लाख ५० हजार नेपालीका चासो र सरोकारका मामिलालाई ध्यान दिन खोजेका छन् । यद्यपी समाचारको छनौट, तिनको प्रस्तुती र त्यसको असर प्रभाव जस्ता कुरामा अझ ध्यान दिन जरुरी छ भन्ने मलाइ लागेको छ । इनेपालीअनलाइनः यूएइको राष्ट्रिय दैनिक गल्फ न्यूज र खलिज टाइम्स हेर्दा नेपालका राष्ट्रिय दैनिक पत्रिकामा के के कुरामा भिन्नता पाउनु भयो ? शिव गाउँलेः समाचारको छनौट, त्यसको प्रस्तुती, साजसज्जा अनि राष्ट्रिय प्राथमिकताको पहिचान गर्ने कुरामा नेपाली राष्ट्रिय दैनिकहरु गल्फ न्यूज र खलिज टाइम्स भन्दा पछि छैनन । तर, बजार ब्यवस्थापन अनि अवसरको र राष्ट्रिय आवश्यकताको प्रचार प्रशार गर्नमा यूएइका दैनिकहरु अगाडी भएको लाग्यो । त्यसो हुनुमा यूएइले आर्थिक प्रगतीमा मारेको फड्को पनि कारक हुन सक्छ । किनकी नेपालबाट प्रकाशित हुने कान्तिपुर, दी काठमाडौ पोस्ट, राजधानी, समाचारपत्र वा नयाँपत्रिका कसैले पनि देनिक ४०/५० पृष्ठको को अतिरिक्ताङ्क निकाल्न चाहेर मात्रै हुन्न । देशको अर्थतन्त्र अर्थात बजारले पनि साथ दिनुपर्छ । मैले देखेको प्रस्ट भिन्नता यो हो । इनेपालीअनलाइनः यूएइका राष्ट्रिय दैनिकमा के कस्ता पक्षहरु छन् जसलाई नेपालको राष्ट्रिय दैनिकले अवलम्बन गर्दा राम्रो होला ? शिव गाउँलेः देशले सिर्जना गरेका अवसरहरुको प्रचार प्रशारमा यहाँका पत्रपत्रिकाले कन्ज्युस्याइ गरेजस्तो लागेन मलाई । तर प्रेस आलोचक हुनुपर्ने सामान्य मान्यता भन्दा पनि यूएइका पत्रपत्रिकाले राज्य प्रणाली र संयन्त्रले गरेका काम कारवाहीको प्रचार प्रशारमा धेरै स्थान खर्च गरिरहेका जस्तो लाग्यो । नेपाल र यूएइबीच थुप्रै कुरामा आधारभुत रुपमै अन्तर भएकोले अनुशरण हुनसक्ने पक्षहरु थोरै छन भन्ने मलाइ लाग्छ । इनेपालीअनलाइनः यूएइमा श्रम बजारको प्रशस्त अवसरहरु छ र प्रतिस्पर्धा पनि त्यतिकै छ । यसलाई कसरी र कुन स्तर सम्म नेपालमा रहेका दक्ष, अर्ध दक्ष र अदक्ष नेपाली कामदारले सदुपयोग गर्न सक्लान ? शिव गाउँलेः नेपाल र नेपालीका लागि यो महत्वपूर्ण मामिला हो । अहिले यूएइमा करिब १ लाख ५० हजार नेपालीहरु रहेको अनुमान छ । तिनमा ठुलो सख्याँ अदक्ष कामदारको छ । थोरै सख्याँमा मात्रै नेपालीहरु दक्ष र अर्ध दक्ष छन् । त्यसको स्वभाविक अर्थ हो ठुलो सख्याँका नेपाली न्युन तलब सुबिधामा यहाँ कडा शारिरिक श्रम गर्न बाध्य छन । त्यस कारण अब यूएइ जाने नेपाली सख्याँ मात्रै बढाउने होइन कि तिनको क्षमता बढाएर देशले कमाइ पनि बढाउने अभियान चलाउन ढिलाइ गर्नु हुन्न । यूएइको आर्थिक विकास अभियान हेर्दा आगामी दशक पनि यो देश नेपाली कामदारका लागि सहज गन्तव्य हुन सक्ने सम्भावना छ । तर, नेपालका नीति निमार्ताहरुले ध्यान दिनुपर्ने पक्ष के हो भने यो सम्भावनालाई राष्ट्रिय हितमा परिणत गर्ने हो भने यहाँको बजारमा आफनो पहुँच बढाउने र आउने कामदारको स्तर बृद्धि गर्ने पक्षमा ध्यान दिनै पर्छ । इनेपालीअनलाइनः तपाइले हाल सम्म कुन कुन राष्ट्रको भ्रमण गरिसक्नु भएको छ ? शिव गाउँलेः मैले अमेरिका, चीन, थाइल्याण्ड, फिनल्याण्ड, बङ्गलादेश, यूएइ र भारतको भ्रमण गरेको छु । इनेपालीअनलाइनः यूएइको भ्रमणमा आउनु भएको यो पहिलो पटक हो ? शिव गाउँलेः हो । इनेपालीअनलाइनः यूएइमा के नयाँ कुरा पाउनु भयो ? शिव गाउँलेः यूएइ भौतिक पुर्वाधार निमार्णमा अधि बढदै मात्रै छैन कि दौडदै नै छ । उसको यो उन्नतीको फाइदा नेपाल र नेपालीले कसरी लिने भन्ने चिन्तन गर्नु नेपालको परराष्ट्र मन्त्रालय, श्रम मन्त्रालय अनि नागरिक निकाय र प्रेस समेतको मुख्य जिम्मेवारी हो भन्ने मलाई लाग्यो । यूएइको नयाँ पन भनेको नेपाल र नेपाली प्रति त्यहाँ तुलनात्मकरुपमा सम्मान रहेको प्रतिक्रिया पाइन्छ । जति पनि नेपालीहरु भेटिए सबैको एकै खाले भनाइ थियो कि यहाँको सरकार र जनता नेपालीलाई मायाँ नै गर्छन । अनौठो पक्ष यो लाग्यो कि कुल जनसख्याँको २० प्रतिसत हाराहारी जनसख्याँ मात्रै स्थानीयको रहेछ । अर्थात ८० प्रतिसत बिदेशी भएको देशको शान्त सामाजिक अवस्था, बढदो आर्थिक उन्नती, कानुन ब्यवस्थाको पालनामा कडाइ यसको नयाँ पक्षहरु हुन । त्यहाँको राजनीतिक प्रणाली र स्वतन्त्रताको मामिलामा भने छुट्टै बहस गर्न सकिन्छ । इनेपालीअनलाइनः तपाइ यूएइमा के कुरामा बढी प्रभावित हुनु भएको छ ? शिव गाउँलेः नेपालीहरुको लगनशिलता । २०/३० तलाको निमार्णाधिन घरमा चर्को गर्मिको वास्ता नगरी नेपालीहरु काम गरिरहेका छन् । यि सिर्जनात्मक हातहरुलाई भोली देशभित्र पनि अवसर दिने हो भने नेपालको कायापलट हुन धेरै बेर लाग्दैन । इनेपालीअनलाइनः यूएइमा १३० भन्दा बढी राष्ट्रका नागरिक कार्यरत छन् । जसको प्रत्यक्ष र अप्रत्यक्ष फायदा नेपाल र नेपालीलाई हुने गर्दछ । यसबाट राज्यले के कस्ता कदम चाले नेपालको पर्यटन विकासमा टेवा पुग्नुका साथै यूएइ र नेपाली अपसी सम्बन्ध गाढा हुने थियो ? शिव गाउँलेः नेपालमा शान्ति छ र प्राकृतिक सौर्न्दर्यको धनी यो देश एक पटक पुग्नै पर्छ भन्ने अभियान चलाउने हो भने नेपालमा पर्यटन विकास आफै हुन्छ भन्ने मलाई लाग्छ । इनेपालीअनलाइनः पत्रकार को मूल धर्म के हो ? यसलाई कसरी परिभाषित गर्नु हुन्छ ? शिव गाउँलेः सुचना दिनु, शिक्षित पार्नु र सकारात्मक परिवर्तनका लागि दबाव दिनु पत्रकारिताका तीन धर्म हुन । अर्थात पाठक, दर्शक वा स्रोतलाई केहि सोच्न उत्प्रेरित गर्नु वा बाध्य बनाउनु पत्रकारिताको धर्म हो । आज संसारमा पत्रकारिता जे भनेर चिनिन्छ यहि भूमिकाका कारण स्थापित भएको हो । इनेपालीअनलाइनः यूएइमा विभिन्न पेशामा कार्यरत रही पत्रकारितामा संलग्न नेपाली पत्रकारलाई के सल्लाह र सुझाव दिन चाहनु हुन्छ ? शिव गाउँलेः यूएइमा नेपाली साथीहरुले बढो दुख गर्नु भएको छ । कठोर परिश्रम पछि बचेखुचेको समयमा पनि साह्रो गाह्रो नमानी उहाँहरुले पत्रकारिताको यात्रामा पूर्ण बिराम लाग्न दिनु भएको छैन । यो खुशीको कुरा हो । यूएइबाटै पत्रपत्रिकाहरु निस्कनु र तिनलाई किनेर पढनु पर्छ भन्ने बहस हुन थाल्नुले यसको भविश्य आशलाग्दो देखिन्छ । तर त्यहाँको कानुन ब्यवस्थाका कारण पत्रपत्रिका दर्ता, बितरण र बिक्रि अनि संवाददाताले कामगर्ने मामिलामा केहि जटिलताहरु रहेछन । यद्यपी समय क्रममा यो समाधान हुनेमा आशावादी हुन सकिन्छ । इनेपालीअनलाइनः नेपाल पत्रकार महासंघ सम्पर्क शाखा यूएइलाई आगामी वर्षकोलागि के सुझाव दिन चाहनु हुन्छ ? शिव गाउँलेः शाखाले मुख्यतया दूइवटा काम गर्नु पर्छ भन्ने मलाई लाग्छ । पहिलो, त्यहाँ बस्ने नेपाली पत्रकारलाई संगठित गर्ने र त्यहाँ पत्रकारिताको बिकासमा सक्रिय रहने । दोस्रो चाहिँ त्यहाँ रहेका १ लाख ५० हजार नेपालीका सुख दुखका कथाहरु माथि कलम चलाएर उनीहरुको उन्नतीमा सधाउ पुर्याउने । इनेपालीअनलाइनः अन्त्यमा इनेपालीअनलाइनडटकमलाई के भन्न चाहनुहुन्छ ? शिव गाउँलेः इनेपालीअनलाइनडटकम यस क्षेत्रको लोकप्रिय अनलाइन पत्रिका भएका कारण यसको बिशेष जिम्मेवारी छ । पत्रकारिताको बिकास र यस क्षेत्रका नेपालीको सुखदुखको लेखाजोखा गरेर संसारभरका नेपाली र नेपाल बीच सेतुको काम गरोस भन्ने शुभकामना दिन चाहान्छु । घन्यवाद... |
||||
|
||||
|
||||