| Home | NepalNews | Sports | WorldNews | Archive | Diaspora | Literature | Broadband | Awareness | Solutions | Careers | Feedback | Contact |
||||||
|
||||||
|
||||||
16-JUNE-2009
निमेष गिरी, यूएइ ------------------------------------------- गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् (एनआरएनए एनसीसी) यूएइको निर्वाचन सम्पन्न भइ नयाँ कार्यसमिति श्री चुडामणी ढकालको अध्यक्षतामा चयन भइसकेको छ । एनसीसी यूएइको निर्वाचन पूर्वको अवस्था र निर्वाचनको अन्त्य संगै त्यसका प्रक्रियाहरुको पुनरावलोकन गर्न गइरहेको छ स्तम्भकार । |
||||||
| "प्रजातान्त्रिक र निश्पक्ष ढंगले परिषद निर्माण गर्न तत्कालिन समयमा श्री जाकिर हुसैन, रामेश्वर साह, कृष्ण ढकाल, पी.एस. लिम्बु, डि.एल शर्मा, छत्र लामा, राजेन्द्र देवकोटा लगाएतका एनसीसी यूएइलाई माया गर्ने व्यक्तिहरुको प्रयासको प्रत्यक्षदर्शी यो स्तम्भकार भएको थियो " | ||||||
वास्तवमा एनसीसी यूएइ सन् २००३ मा स्थापना भएता पनि यसले यूएइमा रहेका नेपालीहरुका विच आफूलाई चिरपरीचित गराउन सकेको थिएन । निश्चय पनि यसले आफ्नो कार्य र उद्देश्य प्राप्ती गर्न सकेन भन्ने उद्देश्य स्तम्भकारको किमार्थ होइन् । तर अन्तराष्ट्रियकरण भइसकेको संस्था जुन त्रि्रता र गतिमा सो संस्था कृयाशिल हुनुपर्दथ्यो त्यो गतीमा कृयाशिल हुन नसकेको यथार्थ हो । आम यूएइका प्रवासी नेपालीहरुमाझ एनसीसी यूएइ मौलाएको अवस्थामा नभएर ओइलाएको अवस्थामा रहेको कुरा सवैमा जानकारी नभएको भने होइन् । एनसीसी यूएइको विगतका कार्यकाल र गठन प्रक्रियामा कहिले पनि स्वच्छ र प्रजातान्त्रिक प्रक्रियाद्वारा परिषद गठन गर्न सफल भएन । परिषदलाई प्रजातान्त्रिक र स्वच्छ प्रक्रियाद्वारा गठन गरिनु पर्छ भन्ने विचारका आधारमा यूएइका विभिन्न सामाजिक संघ सस्थामा सक्रिय व्यक्तिहरु कहिले क्यरीफोरको चौरीमा त कहिले दुबइका विभिन्न स्थानहरुमा भेला भइ प्रजातान्त्रिक र निश्पक्ष ढंगले परिषद निर्माण गर्न तत्कालिन समयमा श्री जाकिर हुसैन, रामेश्वर साह, कृष्ण ढकाल, पी.एस. लिम्बु, डि.एल शर्मा, छत्र लामा, राजेन्द्र देवकोटा लगाएतका एनसीसी यूएइलाई माया गर्ने व्यक्तिहरुको प्रयासको प्रत्यक्षदर्शी यो स्तम्भकार भएको थियो । तत्कालिन समयमा यूएइका विभिन्न सस्थाहरुमा संलग्न व्यक्तिहरुको आग्रहलाई निरन्तर टाल्ने र ती प्रयासहरु सदैव असफल हुदै गएको पृष्ठ भुमि एनआरएनए एनसीसी यूएइको इतिहासमा अंकित भएको कुरालाई कसैले नकार्न सक्तैन ।
समय निरन्तर अगाडि बढी रहन्छ र सोही अनुसार समय निरन्तर गुज्रीरहयो, दुइ खेमामा विभक्त नेपाली समाज एक भएर साझा संगठन पनि घोषणा भयो तर एनसीसी यूएइ कहाँ र कस्तो अवस्थामा छ यो स्तम्भकारले प्रयास गर्दा पनि यसको गन्घ सम्म नपाएको अवस्थामा छापा मिडिया मार्फत मरुभूमीमा उभिएर हेर्दा भन्ने स्तम्भमा एनसीसी यूएइको खोजीमा भौतारींदा भन्ने लेख प्रकाशित गरेको थियो । सो लेख प्रकाशन संगै लेख लेख्ने व्यक्ति र प्रकासित गर्ने मिडियाहरुका बारेमा टिका टिप्पणी नभएको भने होइन् । यथार्थ हो साँचो डग्दैन झुटो टिक्दैन भन्दै यूएइलाई एनआरएन मय बनाउने उद्देश्यका साथ केही प्रवासी नेपालीहरुद्वारा विभिन्न प्रक्रियाहरु अपनाउदै पी.एस लिम्बुको अध्यक्षतामा एननसीसी यूएइ तदर्थ समिति गठन हुन पुग्यो । तर त्यो प्रक्रियासम्म ल्याइपु-याउन सहयोग गर्ने प्रत्येक व्यक्तिहरु साथै तत्कालिन समितिका केही व्यक्तिहरुपनि त्यस कार्यमा साथ रहेको हुदाँ उहाँहरु सम्पूर्ण घन्यवादका पात्र बन्नुभएको थियो । |
||||||
"चाहे विरोधकालागि ४०१ जना बनेका हुन वा समूहको लडाइको लागि जे सुकै भएता पनि त्यो माहोलको सृजना तदर्थ समितिले गरेको हो भन्ने कुरामा कसैले कन्जुस्याइ गर्नुहुदैन ।" |
||||||
विगतमा शुस्त अवस्थामा रहेको एनसीसी यूएइलाइ क्रियासिल बनाउनु पर्दछ भन्ने ध्येयका साथ निश्वार्स्थ भावनाले सो पहल भएको थियो । जसका कारण निर्वाचन प्रक्रियाद्वारा सो तदर्थ समिति गठन हुन पुग्यो । तदर्थ समितिको गठन संगसंगै त्यहाँ देखिएका नौला अनुहारका कारण यूएइका बहुसंख्यक संघसस्था र प्रवासी नेपालीहरुको चासोको केन्द्र विन्दु एनआरएनए एनसीसी भएको कुरामा कसैको विमती नहोला । तत्पश्चात विभिन्न व्यक्तिहरुले छापा मिडियाहरुमा आलोचना र र्समर्थनको लहर साथै व्यक्तिगत चरित्रहत्या गर्ने अभ्रि्रायले पनि लेखहरु आएका थिए, छदम नामको प्रयोग गर्दै । आफूलाई साहित्यका महारथी मान्नेहरुले साहित्य सिर्जनाका विषयलाइ उठान गरेर विरोघको प्रक्रिया दोहो-याउनु उसको चेतनाको कमजोरी ठहर भएको थियो । तर ती सबै आलोचना र सुझावलाई आत्मसाथ गर्दै एनसीसी यूएइ आफ्नो लक्ष्य प्राप्तिको दिशामा निरन्तर लागी रहयो र आज निर्वाचन प्रक्रियाद्वारा र्सवसम्मत रुपमा दुइवर्षका लागि एनसीसी यूएइ गठन भइसकेको छ । विगतमा १३ जना सक्रिय सदस्यरहेको एनसीसी यूएइमा आज ४०१ जनाको बृहत उपस्थीत भएको छ । तदर्थ समिति ४ महिनाको अन्तरालमा यूएइलाइ एनआरएन मय बनाउन सफल भयो । चाहे विरोधकालागि ४०१ जना बनेका हुन वा समूहको लडाइको लागि जे सुकै भएता पनि त्यो माहोलको सृजना तदर्थ समितिले गरेको हो भन्ने कुरामा कसैले कन्जुस्याइ गर्नुहुदैन । यदि कसैले सो कुरालाई अस्वीकार गर्दछ भने उसले सत्य वोली रहेको छैन भन्ने पुष्ठी गरिरहन आवश्यक छैन् । |
||||||
|
||||||
| यथार्थ हो तदर्थ समिति गठन गर्ने सवालमा र त्यहाँ उपस्थित बहुसंख्यक प्रवासीहरुका विचमा सहमती गरेर जाने कुरामा केही कमिकमजोरी नभएको भने होइन् । निश्चय पनि कमिकमजोरी भएका छन् ती कमीकमजोरीहरुलाई नकार्न मिल्दैन् । तर भौतिकबादी र वैज्ञानिक दृष्टिकोण अनुसार हेर्ने हो भने प्रत्येक कृया हुदाँ त्यसको प्रतिक्रिया हुन्छ र रहन्छ नै । यदि कृयाको तुलनामा प्रतिक्रिया गौण छ भने त्यसलाई तत्कालिन समयकालागि नजर अन्दाज गर्दै भावी दिनहरुमा नदोहोरिने प्रतिबद्धता रहनु र हुनु पर्दछ । तत्समयको क्रिया भनेको एनसीसी यूएइको आमूल परिवर्तनकालागि, एनआरएन आन्दोलनकालागि र एनसीसी यूएइलाई जगाउने अभ्रि्रायले भएको थियो । जसका कारण आज हामी गर्व पूर्वक भन्न सक्छौ विरुवा रुपी एनसीसी यूएइ मुर्झीनबाट जोगिएको छ र चाँडो नै यो फक्रिने दिन आउने छ । जे सुकै र जसरी सुकै परिभाषित गर्न खोजे पनि तदर्थ समिति एनसीसी यूएइले यूएइमा रहेका प्रवासी नेपालीहरुका विचमा तरंग र चेतनाको विकास गर्ने जग निर्माण गरेको कुरा पुष्ठि भइसकेको छ । तर कसैको अस्तित्वको लडाइको रुपमा परिभाषित गर्न खोज्दै साम दाम दण्ड र भेदको नीति, टाउकोमा हान्ने सोच र अस्तीत्वसमाप्त गर्ने लक्ष्य भनेर परिभाषित गर्न खोज्नु प्रवासी नेपाली र कुनै पनि संघसस्थाको हकहितकालागि हुन सक्दैन् । आज निर्वाचन पूर्व नै सहमतीका विभिन्न प्रयासकहरुद्वारा सहमतीका आधारमा एनसीसी यूएइ गठन भइसकेको छ । सहमतीद्वारा एक ढिक्का भएर अघी बढनु पर्दछ भन्ने मान्यताका आधारमा व्यक्तिको विचार, व्यवहार र आचरण भन्दा माथी उठी व्यक्तिगत स्वार्थ भन्दा राष्ट्रिय स्वार्थको चेतनाले अभ्रि्रेरित रही सहमतीको वातावरण तयार गर्ने रामेश्वर शाह, कृष्ण ढकाल, जाकिर हुसैन, दुर्गादत्त पोख्रेल, पी.एस लिम्बू, छत्र लामा, सालिक सुवेदी, लगाएत एनसीसी यूएइलाई माया गर्ने र यसको आन्दोलनमा सहभागी सवै व्यक्तिहरुको देन नै सहमतीको आधारमा एनसीसी यूएइ गठन भएको छ । निर्वाचन प्रक्रियाकालागि उम्मेदवारी दर्ता गरी चुनाव लडन तयार उम्मेदवारहरु जसले सहमतीकालागि आफ्ने उम्मेदवारी फिर्ता लिदै नैतिक र भौतिकरुपले निरन्तर सहयोग गर्ने मनशायका साथ उम्मेदवारी फिर्ता लिने उम्मेदवार मुरीमुरी धन्यवादका पात्रहुन् । | ||||||
"प्रवासी नेपालीहरु एक ढिक्का भइ १३-१५ अक्टोवर २००९ मा काठमान्डौमा सम्पन्न हुन गइरहेको चौथो गैर आवासीय विश्व सम्मेलनमा सहभागी हुदै अइसीसीमा यूएइबाट प्रतिनिधि छनौटकालागि आपसी खिचातानी र विभेद भन्दा माथी उठी सहकार्य र समन्वयकारी भूमिका निर्वाह गर्दै अगाडि बढौ " |
||||||
एनसीसी यूएइको निर्वाचन सम्पन्न गर्न गठीत निर्वचन समिति पनि धन्यवादको पात्र हो । किनकी यूएइ जस्तो मूलुकमा निर्वाचन गराउने आँट र साहस बोकेर निर्वाचन गराउन सक्रिय भूमिका खेल्दै निर्वाचन प्रक्रियाका कार्यक्रमहरु र्सार्वजनिक गर्दै आफ्नो गतिमा तल्लिन रहनु नै निर्वाचन समिति धन्यवादको पात्र हो । प्रत्येयक कार्य गर्दै जाँदा त्रुटीहरु हुन्छन तर त्रुटीलाई सुधार गरी अगाडी बढनु पर्दछ । निर्वाचन समितिले आफ्नो कार्य गर्ने क्रममा त्रुटी पूर्ण कार्य पनि गरेको छ । त्यस प्रकारको निर्णय र कार्यहरुले विरोध, आलोचना साथै विवादित बनाएन र बनाउन भन्न सकिदैन् । वास्तवमा जे सुकै भएता पनि सही र राम्रो कार्यकालागि केही कमी कमजोरी भएपनि निर्वाचन समिति आलोचनात्क धन्यवादको पात्र हो । किनकी निर्वाचन समितिले आफूलाई स्वच्छ र निश्पक्ष देखाउने प्रयासमा कसैको व्यक्तित्व र छवी माथी प्रहार गर्नु सान्दर्भिक हुदैनथ्यो । निर्वाचन समितिले पत्रकारको लेखको आधारमा उसको प्रवासी नेपालीहुने अधिकार र एनआरएनए एनसीसीको सक्रिय सदस्य हुने अधिकार खोस्ने धम्की दिनु कदाचित निर्वाचन समितिको दायरा भित्र पर्दैन् । उसले केवल निर्वाचन गराउने र आवेदन आएका सदस्यता फारमहरुको एनआरएनए आइसीसीको विधान मुतावीक योग्य छ या छैन छानविन गर्ने अधिकार मात्र निहित रहन्छ । यदि निर्वाचन समिति संग कसैको व्यक्तित्वको छवीमाथी प्रहार गर्दा त्यसलाई पुष्ठी गर्ने यथेष्ठ प्रमाणहरु प्रस्तुत गर्न सक्नुपर्दथ्यो । प्रस्तुत गर्न नस्कनु निर्वाचन समितिको असक्षयमता र अदुरदर्शी निर्णय हो ।
यो स्तम्भकार आग्रह अनुरोध यो गर्दछकी एनआरएनए एनसीसी यूएइलाई लक्ष्य सम्म पु-याउन प्रत्येक प्रवासी नेपालीहरु एक ढिक्का भइ १३-१५ अक्टोवर २००९ मा काठमान्डौमा सम्पन्न हुन गइरहेको चौथो गैर आवासीय विश्व सम्मेलनमा सहभागी हुदै अइसीसीमा यूएइबाट प्रतिनिधि छनौटकालागि आपसी खिचातानी र विभेद भन्दा माथी उठी सहकार्य र समन्वयकारी भूमिका निर्वाह गर्दै अगाडि बढौ । |
||||||
|
||||||
|
||||||