Home | NepalNews | Sports | WorldNews | Archive | Diaspora | Literature | Broadband | Awareness | Solutions | Careers | Feedback | Contact
 
MY VIEW
     
 
यूएईमा गणतन्त्र दिवस एक समिक्षा
 
 

09-JUNE-2009
enepalionline.com |MY VIEW|

रमेश वेलवासे, यूएइ

-------------------------------------------

गणतन्त्र स्थापना भएको एक बर्ष पुगेको उपलक्षमा गत १५ गते तदनुसार मे २९ , २००९ का दिन दोस्रो गणतन्त्र दिवस स्वदेश र बिदेशमा भब्यताकासाथ मनाइएका खबरहरु आइरहेकाछन। उक्त दिनको ठीक एक बर्ष अगाडी दुई सय चालिस बर्ष सम्म चल्दै आएको एकात्मक सामन्ती राजतन्त्र बिधिबत रुपमा अन्त्य भै नेपालमा गणतन्त्र आएको थियो। हुनत परम्परागत राजतन्त्रको अन्त्य त्यतिबेलै भएको थियो जतिबेला २०५८ जेष्ठ १९ गते दरबार हत्याकाण्ड भएको थियो। सोही बेलामा गणतन्त्रको संस्थागत बिकास गरौं भनेर तत्कालै सडकमा जनताको आबाज पनि न आएको होइन। तर हाम्रा लोभिपापी राजनीतिक दलका नेताको कारण त्यो आबाजको हत्या भयो। अहिले गणतन्त्रका असली ठेकेदार भन्न रुचाउने बास्तबमा जन्मजात गणतन्त्रबादी हुनुपर्ने कम्युनिष्ट नामधारी नेकपा एमाले र तत्कालिन यसका महासचिब तथा अहिले प्रधान मन्त्रीमा आसिन माधव नेपाल र तत्कालिन प्रधान मन्त्री गिरिजा प्रसाद कोइरालाले आफ्नै सहोदर् दाजु र उनका सम्पूर्ण परिबारलाइ कत्लेआम गर्ने ज्ञानेन्द्रलाई दाम राखेर पाउमा दण्डवत गरी राजा स्वीकार नगरेको भए आज हामी दोस्रो गणतन्त्र दिवस होइन आठौं गणतन्र दिवसको संघारमा हूने थियौं। भनिन्छ सर्पलाई जती दुध पिलाए पनि आखिर डसेरै छाडछ। जनताको भाबना र मर्मलाई कदर गर्न नसक्ने अदुरदर्सी कथित राजनीतिक नेत्रित्वको कारण बिडम्बना आज आठौं नभएर दोस्रो मनाउदैछौँ।

 
   
" वहाँहरुको बिचारलाइ अनादर गर्न खोजेको कदापी होइन। लोकतन्त्रमा राजतन्त्रबादी त अटाएकाछन भने नब गणतन्त्रबादिलाई तिरस्कार गर्नुको कुनै अर्थ छैन।"
   
 

दोस्रो महान गणतन्त्र दिबसको अबसरमा यू ए ई मा रहेका नेपालीहरुलाई पनि मुलुक, लोकतन्त्र र गणतन्त्रको बिषयमा सचेत र जिम्मेबार बनाउदै सम्पूर्ण प्रबासी नेपालीहरुलाई राष्ट्र प्रतिको मोहलाई अझ निकट पार्न राजदूताबासले एक कार्यक्रमको आयोजना गर्‍यो। यहाँ क्रियाशिल् सम्पूर्ण नेपाली संघ संस्थाहरुलाई एकै शुत्रमा बाध्ने पुलको काम दुताबासले गरेकोछ। अनेकतामा एकताको पहल भएकोछ। सिमित स्रोत र साधनका बाबजुद पनि महामहिमको आफ्नै निबासमा भएपनी प्रतिकुलतामा अनुकुलताको खोजी भएकोछ। भबिश्यमा पनि राजदुताबासबाट यस्तै खाले अबिभाबकत्व नेपाली समुदायले निरन्तर रुपमा अपेक्षा गर्नेछ।

राजदुताबासद्वारा आयोजित कार्यक्रममा बिभिन्न बक्ता मित्रहरुले आ आफ्नो बिचार ब्यक्त गर्ने अबसर पाए। बिभिन्न क्षेत्र र संघ संस्थाका प्रतिनिधिहरुले गणतन्त्रको परिभासा सहित् आफ्ना बिचारहरु ब्यक्त गरे। प्रबासको सापेक्षतामा पनि ति बक्ता मित्रहरुमा भएको कलाको मुक्त कण्ठले प्रसम्शा गर्नै पर्नेहुन्छ। तर यहाँ त्यो कलाको प्रसम्शामा सिमित नभएर कला भित्र लुकेको बिचार र अभिब्यक्तिको चिरफार गर्न खोजिएकोछ। वहाँहरुको बिचारलाइ अनादर गर्न खोजेको कदापी होइन। लोकतन्त्रमा राजतन्त्रबादी त अटाएकाछन भने नब गणतन्त्रबादिलाई तिरस्कार गर्नुको कुनै अर्थ छैन। तर समय सापेक्ष रुपान्तरणको अपेक्षा भने जरुर गरिएकोछ। यदी त्यसो हुन सकेको खण्डमा वहाँहरुमा रहेको बिध्दताको पनि कदर र सम्मान हुनेछ। ईतिहासले पनि सहि मुल्यांकन गर्नेछ।

 

"डाक्टर बाबुराम भट्टराइको शब्द सापट लिदा लिंग नछुट्टिएको राजनीतिक नपुम्शकनै हो एमाले। उसका चरित्र नै यस् भनाइका आधार हुन। राजतन्त्रको बिकल्प केही हुन सक्दैन,...."

यो पंक्तिकारले रोल क्रममा केही पहिलानै बोल्नु पर्ने भयो। आफुले बुझेको लोकतन्त्र र गणतन्त्रका सबाल र त्यसमाथि ब्याप्त बिधमान समस्या र समाधानका बिषयमा चर्चा गर्ने प्रयास गरियो। तर अरुको प्रसम्शा गर्ने कला आफुमा नभएका कारण सिलसिलेबार र पूर्ण भयो कि भएन यो अलग बिषय हुनसक्छ। चर्चा गरिएको बिषयमा स्पस्ट पार्न नसकेको भए मैले आफ्नो कमजोरी स्वीकार गर्नै पर्नेहुन्छ। अधिकांश बक्ताहरुबाट प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा मेरो बिचारहरु माथि खण्डन भयो। ती सबैलाई धन्यवाद। केही पत्रकार साथीहरुबाट अली फरक ढंगले सिर्जनात्मक र मौलिक प्रस्तुती पनि नभएको होइन तर अधिकाँश बक्ता मित्रहरुले प्रधान सेनापती प्रकरणमा माओवादी अडान गलत भएको पुस्टी गर्न खोज्दै बर्तमान गठबन्धन सरकारको बचाउ गर्नमा अधिकाँश समय खर्चनु भयो। मित्रहरुले खर्चिएको त्यो समय र बौध्दिक दरिद्रताको बिषयमा नबोल्नु त्यो अभिब्यक्तिबाट सम्प्रेसित बिचरालाई सम्मान र स्वीकार गर्नुनै भएकाले केही नबोल्नु आम प्रबासीहरुमा अन्याय हूने ठहर् गर्दै केही बोल्नुनै पर्ने आबश्यक ठानेकोछु। त्यहा उठान गरिएका कतिपय तथ्यहिन अभिब्यक्तिहरु मात्र तर्कको लागि तर्कले आम प्रबासीहरुमा पर्न गएको भ्रमलाई चिरफार गर्दै स्पस्ट पार्न मद्घत मिलेमा र सम्बन्धित सबैलाई सकरात्मक् रुपान्तरणमा ल्याउन सकेमा यो लेखको पनि सार्थकता रहनेछ।

अधिकाँश बक्ता मित्रहरु नेकपा एमालेसंग नजिक भएको हुनाले वहाँहरुको ब्यक्तिगत आस्थाको सम्मान गर्दै यो प्रतिक्रियाको केन्द्रबिन्दु एमालेनै रहनेछ। साथीहरु पहिलो कुरा त तपाईंइहरुको पार्टीनै गणतन्त्रबादी होइन। गणतन्त्रको उत्तराधिकारी किमार्थ हुन सक्दैन। एमालेका नेताहरुले धेरै पटक राजभक्ति र बफादारीको शपथ खाइसकेकाछन। छेपारोले रङ बदले जस्तै अडान बदल्नु र स्पस्ट निती नहुनु उसको बिसेसतानै हो। डाक्टर बाबुराम भट्टराइको शब्द सापट लिदा लिंग नछुट्टिएको राजनीतिक नपुम्शकनै हो एमाले। उसका चरित्र नै यस् भनाइका आधार हुन। राजतन्त्रको बिकल्प केही हुन सक्दैन, राष्ट्रिय एकता र अखण्डताको प्रतिक राजानै हो भनेर राजतन्त्रको सेबा गर्दै आएको ईतिहास साक्षीछ। प्रजातन्त्रबादीलाई डण्डा र गणतन्त्रबादीहरुलाई ज्ञानेन्द्रले गोली बर्साईरहँदा प्रतिगमन आधा सच्चियो भनेर राजाको जयजयकार गर्न सामेल भएको नेपाली जनताले कहिल्लै बिर्सनेछैनन। परम्परागत राजतन्त्रको अन्त्य भएर सडकमा गणतन्त्र जिन्दाबादको नारा घन्किदा अहिलेका प्रधान मन्त्रीले दाम चढाएर आफ्ना मालिक ज्ञानेन्द्रलाई ढोगेको बामपन्थी ईतिहासमा कालो पोतिएको दिनहो। के एक सच्चा गणतन्त्रबादी पार्टीको चरित्र यहिहोरु जुन गोरुको सिङ छैन उसको नाम तिखे। जसले आफ्नो ईतिहास भरी आफुलाई राजाको पक्षमा खडा गर्‍यो उ अहिले असली गणतन्त्रबादी। भनिन्छ नयाँ जोगीले धेरै खरानी घस्छ।

 
" मन्त्री परिसदको बैठकमा प्रधान सेनापतीलाई कारबाही गरियोस भनेर सहमती जनाउनेमा राजेन्द्र महतो बाहेक तपाईंका नेताहरु पनि एक नमबरमा पर्छन। तत्कालिन प्रधान मन्त्रीले सम्सदमा बोलेको यो बिषयलाई कसैले होइन भन्ने आँट नराख्नुलाई तपाईंहरु आफ्ना नेतालाई कसरी चिन्नुहुन्छ।"

गणतन्त्रको सच्चा उत्तराधिकारी त्यो हो जसले आफ्नो पुरा ईतिहास यसैको स्थापनार्थ भएको आन्दोलनमा बितायो। हजारौं हजार वीर योध्दाहरु र यस्को नेत्रित्वनै सच्चा उत्तराधिकारी हुनसक्छ। कुरा स्पस्ट छ दश बर्ष सम्म प्रसब बेदना बोकेर गणतन्त्रको जम्म नभएसम्म निरन्तर आन्दोलित जो भयो उहिनै उत्तराधिकारी हो। बच्चाको माया जन्म दिने आमालाई जतिहुन्छ अरुलाई कसरी हुन सक्लारु बच्चा जन्माउने आमा जसरी बच्चाको उत्तराधिकारी हो त्यसरिनै गणतन्त्रको सच्चा उत्तराधिकारी जसले गणतन्त्र स्थापना नहुदासम्म जिबन मरणको संघर्स गर्‍यो त्यही नै हो। गणतन्त्र र लोकतन्त्र माथि भएको प्रहारको पीडा पनि उसैलाई परेकोछ । अहिले सिसु गणततन्त्रको अस्मिता लुटिदा तपाईंहरु नतमस्तक भएर रमिता हेर्नुभएकोछ।

लोकतन्त्रको विश्वब्यापी मान्यता जनताले निर्बचित गरेर पठाएका प्रतिनिधिहरुले गरेको निर्णय निर्बाध रुपमा कार्यन्वयन हुन पाउने परिपाटीहो। तर बिडम्बना हाम्रो मुलुकको सबालमा त्यसका बिशेषता र नियमहरु लागु हुन नसकिरहेको स्थितिछ। तत्कालिन मन्त्री परिसदमा तपाईंहरुको पार्टीबाट पनि बरिस्ठ नेताहरुको उपस्थिती थियो। मन्त्री परिसदको बैठकमा प्रधान सेनापतीलाई कारबाही गरियोस भनेर सहमती जनाउनेमा राजेन्द्र महतो बाहेक तपाईंका नेताहरु पनि एक नमबरमा पर्छन। तत्कालिन प्रधान मन्त्रीले सम्सदमा बोलेको यो बिषयलाई कसैले होइन भन्ने आँट नराख्नुलाई तपाईंहरु आफ्ना नेतालाई कसरी चिन्नुहुन्छ। मन्त्रिपरिसदको सोही निर्णय अनुसार प्रधान सेनापतीलाई कारबाही हुन्छ। तर तपाईंहरुकै पार्टीका नेताहरुको एक मन्डली त्यो निर्णय कार्यन्वयन नगराउन भन्दै अधिकार बिहिन तर महत्वाकांक्षी राष्ट्रपतीलाई दबाब दिन पुग्छ। एक बैधानिक जननीर्बाचित सरकारले गरेको निर्णय बदर् हुन पुग्छ। प्रधान मन्त्रिय पद्दती माथि पनि हस्तक्षेप भएकोछ। लोकतन्तन्त्रको अस्मिता लुटाउने मतियारहरुलाई गणतन्त्र दिवस मनाउने नैतीक र बैधानिक आधार पनि छैन। सबाल एक सरकार गिराएर अर्को सरकार बनाइयो भन्नेमा होइन। चिन्ता बुडी मरी भन्नु भन्दा पनि काल पल्कियो भन्नेमा हो। पिडा लोकतन्त्रका आधारभुत मान्यता माथि भएको प्रहारको हो। तर मित्रहरु यस बारेमा सबै कुरा जान्दा जान्दै पनि निती बिहिन पार्टीको गन्तब्यहिन घोडाको लगाम बनेको देख्दा दुस्ख र दया पनि लाग्छ। आफुले आर्जन गरेको बिध्दता व्यबहारमा प्रयोग गर्नेहो नकी गलतलाई सहि भनेर जबरदस्त स्थापित गराउनुहो।

 
"एकजना मित्रले बडो रमाइलोसँग प्रधान सेनापतिको नजानिदो तरिकाले रक्षा गर्दै समस्या जँहाछ त्यँहा जान हुन्न भनेर यथास्थितीबादी बिचार राख्नु भयो। बारी भरी बिस ब्रिक्षको जरा आयो भने बारीको माया मार्ने तर जरा भएको ठाउँ नछुनेरे। हलो भाचिन्छरे। बारीको मुल्य हलो कदापी हुन सक्दैन।.."
 

मित्रहरुलाई शान्ती प्रक्रियाको आधार १२ बुंदे सम्झौतापत्र र यसको स्पिरिटलाई अध्ययन गर्न म सुझाब दिन्छु। अनी त्यो १२ बुदे सहमती कसले पालन गर्‍यो र गरेन आफै तर्क गर्नुहोला। सम्झौताको भाबना अनुसार नेपाली सेनामा थप भर्ती नगर भनेर निर्देशन् दिने सरकार गलत कि निर्देशन् नमान्ने सेनापती गलत। सरकारको आदेश सेनाले मान्नेकी कि सेनाको आदेश सरकारले मान्ने। सरकार र सेना बिचको अन्तर सम्बन्ध केहोरु लोकतन्त्रका स्थापित विश्वब्यापी मान्यताले के भन्छरु त्यस्तै सेबा अबधी पुरा भएका जर्नेलहरुलाई सरकारले अबकाश दिनु गलत होकी सरकारको अबकाश र आदेश बिपरित म्याद थप गरी निरन्तरता दिन निर्देशन दिने सेनापती गलत हो। सरकार प्रमुख समरक्षक रहेको राष्ट्रिय खेलकुद बहिस्कार गरेर सेनापतिले राजनीति गर्न खोजेको हो कि होइनरु यसले कसको हित र कसको अपमान गर्‍यो। स्पस्टछ नागरिक सर्बोच्चता जन निर्बाचित सरकारको अपमान गरेकोछ। लोकतन्त्रका आधारभुत् मान्यताहरुमाथी हस्तक्षेप भैरहदा जिम्मेबार सरकार नतमस्तक भएर बस्नेकी नागरिक सर्बोच्चताको रक्षाको लागि पहल गर्ने। सबाल लोकतन्त्रको थियो। सबाल यसको अस्मिता माथि भएको बलत्कारको थियो। सबाल लोकतन्त्र माथि ब्याप्त गम्भिर चुनौतिको सामना गर्दै महान सम्भाबनाहरुको रक्षा र खोजिको थियो। त्यसैले नै सेनापती कटुवाललाई कारबाही गर्नु जरुरी थियो।

एकजना मित्रले बडो रमाइलोसँग प्रधान सेनापतिको नजानिदो तरिकाले रक्षा गर्दै समस्या जँहाछ त्यँहा जान हुन्न भनेर यथास्थितीबादी बिचार राख्नु भयो। बारी भरी बिस ब्रिक्षको जरा आयो भने बारीको माया मार्ने तर जरा भएको ठाउँ नछुनेरे। हलो भाचिन्छरे। बारीको मुल्य हलो कदापी हुन सक्दैन। त्यो जरा उखेल्न सकियो भने सुन फल्छ भन्ने हेक्का हुन सकेन हाम्रा मित्रलाई। एकपटक ईतिहासलाई सस्मरण गराउन चाहन्छु । हिज कसैले गणतन्त्रका कुरा गर्दा बारी भरी बिस ब्रिक्षका जरा देख्ने मित्रहरुहो त्यो जराको समस्यासँग डराएर भागेको भए तपाईंहरु आज गणतन्त्र दिबस मनाउन होइन राजाको जयजयकार मनाउनै ब्यस्त हुनुहुनेथियो। त्यही जरोमा अरु कसैले जोतेर फलाएको सुनको फल अहिले तपाईंहरु स्याहार्दै हुनुहुन्छ। समस्या भएरनै समाधान खोजिन्छ। जरामा जोत्न जती कठिन् थियो त्यो भन्दा ठुलो उपलब्धी त्यँहा उत्पादित सुनको फल हो अर्थात गणतन्त्र। अहिले त्यो गणतन्त्र र लोकतन्त्र फेरी धरापमा परेकोछ। यसलाई जोगाउन समस्या सँग जुध्नुनै पर्थ्यो। त्यो जरा फ्याक्नको लागि हलोमा गतिलो फाली राखेर जोत्ने कामको शुरुबात् भैसकेकोछ। लोकतन्त्र र गणतन्त्रलाई अब कसैले आफ्ना मालिकलाई पाउमा दाम राखेर चढाउने दुस्साहस नगरेहुन्छ। यदी कोही यसमा ढाल बनेर आउन खोजेमा ईतिहास निर्मम बनेर आउनेछ। कसैको चित्कार सुनेर गतिशिल ईतिहासको गती रोकिनेछैन। राजातन्त्रका अबसेस संगै बिनास हुनेछन।

 

अर्को एकजना मित्रले यथार्थलाई तोडमोड गरेर बडो चलाखी पूर्वक माओवादी सरकार असफल भएको तर्क पेश गर्नुभयो। राज्यमा असंबैधानिक तरिकाले दोहोरो सत्ताको टकराव भएपछी नैतिकताको आधारमा राजिनामा दिनु स्वभाबिकै हो। नेपालको राजनीतिक ईतिहासमा यसरी नैतिकताको आधारमा सत्ता छोडेको यो ऐतिहासिक पहिलो घटनानै होला। कसैले अबिश्वास प्रस्ताब् ल्याएर हटाएको भने होइन। यो राजिनामा अग्रगमन र प्रगतिको मोर्चा सडक र सदनबाट गतिशिल बनाउनको लागि हो। अर्को तर्फ हङ पार्लियामेन्टमा बन्ने सरकारहरु अस्थिर हुनु यसको बिशेषतानै हो। राजनीतिशास्त्रका हरेक बिद्यार्थीलाई यो कुरा कुनै नौलो होइन। सम्सदमा प्राबिधिक हिसाबले गणपुरक संख्या पुग्नु नपुग्नु कुनै पार्टीको सफलता र असफलतासँग सम्बन्धित हुँदैन। यदी त्यसो हो भने बिगतको १५ बर्से कथित सम्सदिय कालमा एमाले र काङ्रेसका सरकार कती पटक ढल्ने र बन्ने गरे। एमालेको पनि एकमना सरकार अल्पमतकै भएपनी बनेको होनी। त्यो सरकार पनि त ९ महिनामा ढल्यो। अनी एमाले सफल हो कि असफलरु तपाईंको बुझाईमा असफल भएका मृत पार्टीहरुलाई किन ईतिहासमा ब्युताउनु भएकोछ। गधालाई धोएर गाई कहिल्लै बन्नेछैन।

लेख्न पर्ने धेरै बिषयहरु थिए। बाँकी रहेका सबालहरुमा बिभिन्न अन्तरक्रिया, सम्बाद र आगामी अर्को लेखमा प्रस्ट पार्न कोशीस गर्नेछु। यो मेरो लेखको आसय कसैलाई मान मर्दन र अनादर तर्फ नभएर साझा सबालमा बहसको सुरुबाती प्रयास हो। अरु बिध्द्वान मित्रहरुलाई पनि कलम चलाऊन आग्रह गर्दै सिर्जनात्मक प्रतिक्रियाहरुलाइ सधैं स्वागत गर्नेछु।

धन्यवाद

Server Update Time: -08-06-2009 | 11: 00 PM - GMT +4:00

All Rights Reserved © 2007 E-nepali News Network
Site Best viewed with 1024X768 pixels & IE 6+ | FireFox 2+

Site has been visited : stimes since Jan 2007.